alliance khabar

मंगलबार, जेठ ०५, २०८३

काठमाडौँ, जेठ ५ गते ।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मंगलबार राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष उहाँले शपथ ग्रहण गर्नुभएको हो । नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले मंगलबार नै शर्मालाई प्रधानन्यायाधीश पदमा नियुक्त गर्नुभएको हो ।

संवैधानिक परिषद्को २०८३ वैशाख २४ गतेको निर्णय बमोजिम नेपालको प्रधानन्यायाधीश पदमा नियुक्तिको लागि सिफारिस हुनुभएका सर्वोच्च अदालतका न्यायाधीश डा. शर्मालाई संसदीय समितिले मंगलबार सर्वसम्मत अनुमोदन गरेको थियो ।

प्रधानन्यायाधीशको नियुक्ती लगत्तै उहाँले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो । राष्ट्रपति कार्यालयमा आयोजित शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँगै कुटनीतिक नियोगका प्रमुख र विशिष्ट कर्मचारीलगायतको उपस्थिति थियो ।

प्रधानन्यायाधीश शर्मा पर्सा जिल्लाको वीरगन्जमा वि.सं. २०२७ असार ४ गते जन्मनुभएको हो । उहाँ वि.सं. २०७६ वैशाख ६ गते सर्वोच्च अदालतको न्यायाधीश बन्नुभएको हो ।

काठमाडौँस्थित नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक (बीएल) गर्नुभएका शर्माले भारतको पुणे विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर (एलएलएम) गर्नुभयो । उहाँले त्रिभुवन विश्वविद्यालयबाट श्रम कानुनमा विद्यावारिधि (पीएचडी) गर्नुभएको छ।

२०५२ सालमा अधिवक्ताका रूपमा अनुमतिपत्र प्राप्त गरी कानुन व्यवसायमा प्रवेश गर्नुभएका शर्माले कानुनका विविध क्षेत्रमा वकालत गर्दै आउनुभएको छ।

उहाँसँग नेपालका विभिन्न जिल्ला र क्षेत्रमा पुगेर जिम्मेवारी सम्हालेको अनुभव छ । उहाँले बुटवल र पाटन पुनरावेदन अदालतको अतिरिक्त न्यायाधीशका रूपमा समेत जिम्मेवारी वहन गरिसक्नुभएको छ। आफ्नो व्यावसायिक जीवनका क्रममा उहाँले देश तथा विदेशमा आयोजना भएका विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिता जनाउनुभएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल