alliance khabar

सोमबार, बैशाख १४, २०८३

वालिङ (स्याङ्जा), वैशाख १४ गते ।

 युवा लेखक एवम् पत्रकार वसन्त पराजुलीद्वारा लिखित पछिल्लो उपन्यास ‘बखान’ माथि स्याङ्जाको वालिङमा विमर्श गरिएको छ । वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाको आयोजनामा वालिङमा आइतबार छलफल तथा समीक्षा (विमर्श) गरिएको हो ।

विमर्शमा सहभागी वक्ताहरूले ‘बखान’ उपन्यासलाई इतिहासको एउटा महत्त्वपूर्ण दस्तावेजका रूपमा चित्रण गरेका छन् । पुस्तकमाथि टिप्पणी गर्दै समीक्षक तथा साहित्यिक अभियन्ता मिलन समीरले प्रजातन्त्रका सेनानी बखानसिंह गुरुङको जीवनीमा मात्र सीमित छैन । उहाँले भन्नुभयो, “यो उपन्यास एउटा सिङ्गो कालखण्डको इतिहास हो ।” समीरले उपन्यासमा सात सालको क्रान्तिको कथा, तत्कालीन जीवनको यथार्थ चित्रण, नेपाली काँग्रेसको इतिहास, सहकारी आन्दोलन र चितवनको बस्ती विकासको इतिहासलाई समेटिएको बताउनुभयो ।

कार्यक्रममा उपन्यासकार वसन्त पराजुलीले ऐतिहासिक तथ्यहरूलाई साहित्यमा उतार्नु जोखिमपूर्ण भए पनि आफूले बखानसिंह गुरुङको योगदानलाई लिपिबद्ध गर्न यो प्रयास गरेको बताउनुभयो । उहाँले थप्नु भयो, “चितवनको राजनीति, समाज र सहकारी क्षेत्रमा गुरुङले पुर्‍याएको ऐतिहासिक योगदानलाई नयाँ पुस्तासम्म पु¥याउनु मेरो मुख्य उद्देश्य हो ।”

साहित्यकार ध्रुव शर्मा पंगेनीले ‘बखान’ उपन्यासले एउटा बिर्सिएको इतिहासलाई पुनः जीवित गराएको बताउनुभयो । तत्कालीन समयको राजनीतिक चेतना मात्र नभएर सामाजिक संरचना बुझ्न भूमिका खेलेको उहाँको बुझाइ छ ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका पूर्व केन्द्रीय उपाध्यक्ष यामबहादुर कुँवरले बखानसिंह गुरुङजस्ता ओझेलमा परेका पात्रको योगदानलाई पुस्तकका रूपमा ल्याएर लेखकले महत्वपूर्ण सामाजिक दायित्व पूरा गरेको बताउनुभयो ।

कवि तथा निबन्धकार शम्भु अर्यालले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा लेखकको साहित्यिक व्यक्तित्वमाथि पनि चर्चा गरिएको थियो । नेपाल पत्रकार महासङ्घ चितवन शाखाका अध्यक्ष समेत रहनुभएका पराजुलीका यसअघि ‘कुमाता’, ‘मोम्चो’ र ‘ड्रीमी आइज’ जस्ता कृतिहरु प्रकाशित छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल