alliance khabar

बिहिबार, बैशाख १०, २०८३

बेलौरी (कञ्चनपुर), वैशाख १० गते  ।

कञ्चनपुरका सीमानाकामा कडाइ गरिएसँगै भन्सारविन्दुमा हुने राजस्व सङ्कलन बढेको छ । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका अनुसार पछिल्ला आठ दिनमै लक्ष्यको २५ प्रतिशत राजस्व असुली गरिएको हो । विगतमा लक्ष्य नै भेट्टाउन नसकेको भन्सारले राजस्व असुलीमा आएको सुधारपछि यस वर्ष भन्सार सङ्कलन बढ्ने अनुमान गरिएको छ । कार्यालयका सूचना अधिकारी चक्रदेव भट्टले वैशाख ८ सम्म एक करोड ५२ लाख राजस्व सङ्कलन भएको जानकारी दिनुभयो ।

वैशाखमा छ करोड ८० लाख लक्ष्य राखिएकोमा राजस्व असुली दर बढ्दो क्रममा रहेको उहाँले बताउनुभयो । यही गतिमा राजस्व सङ्कलन बढ्दै गए यो महिना लक्ष्यभन्दा बढी राजस्व उठ्ने अनुमान गरिएको उहाँले बताउनुभयो । कार्यालयका अनुसार गत चैतमा पाँच करोड ८३ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य तोकिएकोमा ९२ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको थियो । गत चैतमा पाँच करोड ४१ लाख राजस्व असुल भएको सूचना अधिकारी भट्टले बताउनुभयो ।

त्यसै गरी गत फागुनमा लक्ष्यको २१ प्रतिशत कम अर्थात् ७९ प्रतिशत मात्रै राजस्व असुल भएको कार्यालयले जनाएको छ । नाकाहरूमा कडाइ गरेसँगै चोरीपैठारी पनि कम भएको कार्यालयले जनाएको छ । कार्यालयले अहिले यात्रुबाट एक सय रुपियाँभन्दा बढीको सामानमा भन्सार लिन सुरु गरेको छ ।

भन्सार असुली सकारात्मक रहे पनि विगत एक दशकयता भन्सारमा प्रयोग हुने एक्सरे मेसिन सञ्चालनमा नआउँदा चेकजाँचमा समय लाग्ने गरेको सूचना अधिकारी भट्टले बताउनुभयो । एक्सरे मेसिनमा खराबी आएपछि निर्माण हुन नसक्दा गैरकानुनी वस्तुमा निगरानी राख्न केही जटिलता भएको उहाँको भनाइ थियो । जनशक्ति अभाव हुँदा मसिन मर्मत गर्न नसकिएको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल