alliance khabar

बिहिबार, बैशाख ०३, २०८३

कञ्चनपुर, वैशाख ३ गते ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले तीन दिनभित्र सम्पूर्ण सार्वजनिक सवारीसाधनमा अनिवार्य रूपमा सिसिटिभी क्यामेरा जडान गर्न अनुरोध गरेको छ। बुधबार सूचना जारी गर्दै प्रशासनले सार्वजनिक यातायातमा हुने लैङ्गिक हिंसा रोकथामका लागि यशी वैशाख ५ गतेभित्र क्यामेरा जडान गर्न आग्रह गरेको हो।

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले सरकारको गत चैत १३ गते बसेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीको बुँदा नम्बर ९८ अनुरूप सार्वजनिक यातायातमा हुने लैङ्गिक हिंसा रोकथामका लागि जिल्लाबाट सञ्चालित सबै सार्वजनिक यातायातका साधनमा अनिवार्य रूपमा सिसिटिभी क्यामेरा तथा ड्यासक्याम जडान गर्न आग्रह गर्नुभएको छ।

त्यसैगरी, सबै सार्वजनिक यातायातका सवारीसाधनमा प्रस्ट देखिने गरी अनिवार्य भाडादर टाँस्न प्रमुख जिल्ला अधिकारी कोइरालाले आग्रह गर्नुभएको छ। यसका साथै सबै सार्वजनिक सवारी चालक र सहचालकलाई यात्रा अवधिभर तोकिएको पोसाक र परिचयपत्र अनिवार्य गरिएको छ। चालक तथा सहचालकले अनिवार्य रूपमा पोसाक लगाउन प्रशासनले निर्देशन दिएको हो।

यसैगरी, सबै सार्वजनिक सवारीसाधनमा जिपिएस ट्र्याकिङको अनिवार्य व्यवस्था गर्न प्रशासनले सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ। अन्यथा नियमानुसार कानुनी कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ।

कञ्चनपुर भएर छोटो तथा लामो दूरीका गरी झन्डै तीन हजार पाँच सय सार्वजनिक सवारीसाधन सञ्चालनमा छन्। जसमध्ये लामो दूरीका दुई हजार सवारीमध्ये अधिकांशमा क्यामेरा जडान गरिएको महाकाली यातायात प्रणालीका अध्यक्ष डम्बर पन्तले बताउनुभयो। निर्णय कार्यान्वयनका लागि सबै यातायात व्यवसायीलाई अनुरोध गरिएको उहाँको भनाइ छ।

यद्यपि, केही दिनको मात्रै समय तोकिएकाले सिसिटिभी क्यामेरा उचित मूल्यमा उपलब्ध भएसम्म सबै सवारीसाधनमा जडानतर्फ व्यवसायी लाग्ने उहाँले बताउनुभयो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल