alliance khabar

बुधबार, बैशाख ०२, २०८३

पश्चिम नवलपरासी, वैशाख २ गते ।

 जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीको सेवा सुविधा सम्पन्न नयाँ भवनबाट सुरु भएको छ । भाडाको भवनबाट सेवा प्रवाह गर्दे आएको जिल्ला प्रशासन कार्यालयको भवन निर्माण सम्पन्न भएपछि बुधबारबाट सबै सेवा नयाँ प्रशासनिक भवनबाट सुरु गरिएको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिनुभयो । कार्यालय व्यवस्थापनका समान्य काम बाँकी भएपनि सेवाग्राहीलाई सबै सेवाहरू सहज रुपमा सुरु गरिएको उहाँले बताउनुभयो ।

२०७९ साल चैतमा ठेक्का सम्झौता भई बिएम कन्स्ट्रक्सन प्रालीले निर्माण थालेको उक्त तीन तले भवन २१ महिना भित्र निर्माण सम्पन्न हुनुपर्ने भए पनि प्रारम्भिक डिजाइनमा त्रुटि हुँदा निर्माणमा ढिलाइ भएको हो । जसका कारण दैनिक प्रशासन कार्यालयलाई भाडाको व्ययभार बढिरहेको थियो । एक समय अलपत्र बनेको उक्त भवन भिओ भेरिफिकेसन अर्डर संशोधन गरेर स्वीकृत गरेपछि पुनर्निर्माण सुचारु भएर ठेकेदारले हस्तान्तरण गरेको हो ।

मासिक दुई लाख २२ हजार भाडा तिरेर कार्यालय सञ्चालन हुँदै आएकाले भवन हस्तान्तरण भएको एक हप्तामै नयाँ भवनबाट सेवा सुरु गरिएको प्रमुख जिल्ला अधिकारी नेपालले बताउनुभयो । घाम पानीमा ओत लाग्न मिल्ने गरि सेवाग्राहीको लागी फराकिलो स्थान भएकाले नयाँ भवनबाट सेवाग्राहीलाई थप सहज रुपमा सेवा प्रदान गर्न सकिने सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल