alliance khabar

बुधबार, बैशाख ०२, २०८३

रानी (विराटनगर), वैशाख २ गते ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सिरुवा पर्व (जुड़शीतल) को अवसरमा सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । तराई क्षेत्रमा बसोबास गर्ने थारू र मैथिली समुदायले मनाउने यस पर्वले आपसी सद्भाव, मेलमिलाप र सांस्कृतिक एकताको सन्देश दिने उहाँले बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले जारी गर्नुभएको शुभकामना सन्देशमा सिरुवा पर्व बसन्त ऋतुको आगमन, नयाँ वर्षको सुरुवात र नयाँ आशाको प्रतीकका रूपमा मनाइने उल्लेख गर्नुभएको छ । वैशाख महिनाको सुरुवातमा मनाइने यस पर्वमा पानी छ्यापेर एकअर्कालाई आशीर्वाद दिने तथा शीतलता बाँड्ने मौलिक परम्पराले समाजमा न्यानोपन र सहिष्णुता फैलाउने विश्वास व्यक्त गरिएको छ ।

उहाँले नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएकाले यस्ता पर्वहरूले सामाजिक एकता सुदृढ बनाउने धारणा राख्नुभयो । “हाम्रा मौलिक परम्परा र संस्कृतिले हामीलाई सांस्कृतिक रूपमा समृद्ध बनाउँदै सामाजिक सद्भावलाई अझ प्रगाढ बनाएका छन्,” सन्देशमा भनिएको छ ।

मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारले सबै जातजाति, धर्म र संस्कृतिको संरक्षण तथा संवर्द्धनलाई उच्च प्राथमिकतामा राख्दै आएको पनि उल्लेख गर्नुभएको छ । प्रदेश स्थापना कालदेखि नै विभिन्न समुदायको सांस्कृतिक पहिचान जगेर्ना गर्दै सामाजिक एकताको सेतुका रूपमा काम गर्दै आएको उहाँको भनाइ छ ।

सन्देशमा कृषि, पर्यटन, संस्कृति संरक्षण र सामाजिक विकासमा सांस्कृतिक विविधताको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गर्दै मौलिक परम्परा, भाषा र जीवनशैलीको संरक्षणमा सबैले ध्यान दिनुपर्ने आवश्यकता पनि औंल्याइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल