alliance khabar

मंगलबार, बैशाख ०१, २०८३

काठमाडौँ, वैशाख १ गते ।

 उपराष्ट्रपति रामसहायप्रसाद यादवले नयाँ वर्षलाई केही नौलो कामको थालनी, सकारात्मक सोचको विकास, भ्रातृत्व भाव र स्वस्थ जीवनशैलीका लागि नवसङ्कल्प लिने अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नयाँ वर्ष २०८३ को उपलक्ष्यमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै उहाँले नववर्षले व्यक्तिगत जीवनमा अनुशासन, स्थिरता र सकारात्मकता ल्याउने उल्लेख गर्नुभयो । उहाँले नयाँ वर्षले सामाजिक र सांस्कृतिकस्तरमा अपनत्व, सहिष्णुता र भाइचारालाई मजबुत बनाउने अवसर पनि प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उपराष्ट्रपति यादवले यस अवसरमा आर्थिक उन्नयन, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा जलवायु परिवर्तनजस्ता विषयमा एकजुट भई अघि बढ्ने दृढ सङ्कल्प लिन जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले संविधानले निर्दिष्ट गरेका समानुपातिक प्रतिनिधित्व, सुशासन र समाजवादप्रति प्रतिबद्धता सुदृढ गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझ सबल बनाउन नयाँ वर्षले सबैलाई उत्प्रेरित गर्न सकोस् भनी कामना गर्नुभयो ।

उहाँले नववर्षको शुभारम्भसँगै तराई–मधेशका केही क्षेत्र विशेषमा मनाइने ‘सतुवाइन’ ‘जुड्शीतल’ र ‘सिरुवा पावनी’ पर्व तथा काठमाडौँ उपत्यकामा आयोजना हुने ‘विस्काजात्रा’ (विश्वध्वजपातन) को पनि सबै नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । यी पर्व/जात्राले आपसी मेलमिलाप, सद्भाव र भाइचारा अभिव्यक्त गर्न सघाउने र यसले सांस्कृतिक विविधता र ऐतिहासिक परम्पराको गौरवलाई पनि उजागर गर्ने उहाँको भनाइ छ ।

“हाम्रा पर्व/जात्रा/विशेष अवसरले नेपालको मौलिक पहिचानलाई थप बलियो बनाउँदै सामाजिक समरसता र राष्ट्रिय एकतालाई जीवन्त राख्ने कार्यमा योगदान पुर्‍याउँछन्”, उपराष्ट्रपति यादवले भन्नुभयो, “सिरुवा पावनीमा परिवारजनबिचको आत्मीयता र विस्का जात्रामा समुदायगत सहभागिताले हाम्रो सांस्कृतिक विरासतलाई पिँढीदर पिँढी जीवित राख्न सघाउँछ ।”

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल