alliance khabar

आइतबार, चैत्र २९, २०८२

जाजरकोट, चैत २९ गते ।

 नयाँ शैक्षिक सत्र अगावै जाजरकोटका पुस्तक पसलमा किताब आइपुगेका छन् । शैक्षिक सत्र २०८३ आउन केहि दिन बाँकी रहेपनी जनक शिक्षा सामग्री केन्द्रले अनुमति पाएका व्यवसायीले खरिद जिल्लामा ल्याएका छन् ।

शैक्षिक सत्र सुरु हुनु अगावै पाठयपुस्तक विद्यालयम पुगेपछि विद्यार्थी अभिभावक खुसी भएका छन् । जाजरकोटका सात वटा स्थानीय तहका विद्यालयमा जनक शिक्षा सामाग्री केन्द्रले सप्लायर्स मार्फत पुस्तक पठाएको छ ।

शिक्षा विकास तथा समन्वय एकाइ जाजरकोटका प्रमुख यज्ञश्वर खत्रीले नयाँ शैक्षिक सत्रका लागी पाठयपुस्तक आउने क्रम जारी रहेको बताउनुभयो । स्थानीय तह अन्तर्गत शिक्षा युवा तथा खेलकुद विकास शाखामा जाने गरेका छन् ।

भेरी नगरपालिका ३ ठाँटीबजार स्थित राजेन्द्र एण्ड देवेन्द्र पुस्तक पसलका देवेन्द्रप्रसाद शर्माले पाठयपुस्तक आइपुगेको बताउनुभयो । त्रिभुवन माध्यामिक विद्यालय खलंङ्गा,शिव व्यवसायीक माध्यामिक विद्यालय कालगेगाउँ, हनुमान प्राथमिक विद्यालय लगाएतका विद्यालयले पाठ्यपुस्तक प्राप्त गरेको बताउनु भयो । जनक शिक्षा सामग्री केन्द्रले समयमै पाठयपुस्त छपाईको काम सम्पन्न गरेपछि शैक्षिक सत्र अगावै किताब पुग्ने गरेको उहाँको भनाइ छ ।

भगवती माध्यामिक विद्यालयका शिक्षक डिलबहादुर खत्रीले पाठयपुस्तक विद्यालयमा पुगिसकेको बताउनुभयो । किताब ल्याउने जिम्मा पाएका व्यवसायीले ढुवानी गरेर विद्यालयमा पुर्याइसकेको जनाउनुभयो ।

शिवालय गाउँपालिका शिक्षा तथा खेलकुद शाखाका प्रमुख मानबहादुर वस्नेतले सामुदायिक विद्यालयमा ढुवानी गर्ने जिम्मेवारी पाएका व्यवसायीले पुस्तक ल्याएका छन् । केहि दिनमा सवै विद्यालयमा पाठयपुस्तक पुग्ने बताउनुभयो ।

उहाँका अनुसार सामुदायिक विद्यालयसगको सम्झौता गरि पुस्तक ढुवानीको जिम्मेवारी पाएका व्यवसायीले जनक शिक्षा सामाग्री केन्द्रबाट पुस्तक ढुवानी गरेका हुन् । स्थानीय सरकार अन्तर्गत शिक्षा शाखाले कितावको शुल्क विद्यालयलाई दिने विद्यालयले सप्लायर्सलाइ उपलब्ध गर्ने व्यवस्था छ । छापाखानाले पुस्तक सप्लायर्सलाइ ढुवानी खर्च बेहोर्ने गरेको छ । विद्यालयले शिक्षा शाखामा उपलब्ध गराएको विद्यार्थी संङ्ख्याको आधारमा सप्लायर्र्सले विद्यालयम पुस्तक पठाउने गरेको बताउनुभयो ।

केहि वर्षदेखि विद्यालयले समयम पाठ्यपुस्तक नपाएको गुनासो आउने गरेको छैन । विद्यालयको माग बमोजिम किताब समयमै पुग्ने गरेपछि विद्यार्थीको पढाइ नियमित हुने छ । जाजरकोटमा ४२३ वटा सामुदायिक विद्यालय रहेका छन् । कक्षा १ देखि १० सम्म सामुदायिक विद्यालयमा पठनपाठन गर्ने विद्यार्थीलाई नि शुल्क किताव वितरण गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल