alliance khabar

बिहिबार, चैत्र २६, २०८२

विराटनगर, चैत २६ गते ।

 कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई मातृशोक परेको छ । मुख्यमन्त्री कार्कीकी ९१ वर्षीय आमा जानुकादेवी कार्कीको गएराति निधन भएको हो । झापा गौरदह नगरपालिकास्थित निवासमै उहाँको निधन भएको हो ।

एक महिना अगाडि लढेर खुट्टा भाँचिएपछि उहाँ बिरामी पर्नुभएको थियो । विराटनगरस्थित विराट टिचिङ हस्पिटलमा खुट्टाको शल्यक्रिया गरिएको थियो र उहाँमा थप स्वास्थ्य समस्या बढ्दै गएकोले केही दिनअघि घर लगिएको थियो ।

स्वर्गीय कार्कीको दुई छोरा हुनुहुन्छ। मुख्यमन्त्री कार्कीका दाजु दीपक कार्की नेकपा एमालेका केन्द्रीय सदस्य एवं संविधान सभा सदस्यसमेत हुनुहुन्छ । उहाँका  पाँच जना छोरीहरु हुनुहुन्छ । मुख्यमन्त्री कार्कीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफ्नी आमालाई बचाउन नसकेको उल्लेख गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल