alliance khabar

मंगलबार, चैत्र २४, २०८२

वराहक्षेत्र, चैत २४ गते ।

 कोशी प्रदेश भ्रमण वर्ष २०८२ लाई लक्षित गर्दै “कोशी पर्यटन महोत्सव–२०८२” आयोजना गरिने भएको छ । कोशी प्रदेश सरकारको आयोजनामा तीन दिने पर्यटन महोत्सव गर्न लागिएको हो ।

वराहक्षेत्र ६ स्थित सप्तकोसी नदी किनारमा चैत २६ देखि २७ गते सम्म कोशी पर्यटन महोत्सव आयोजना गरिने भएको कोशी प्रदेश भ्रमण वर्ष २०८२ का सह संयोजक भविश श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार सप्तकोशी नदी किनारलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले १२ नम्बर स्पर (रिसोर्ट) मा चैत २५ गते महोत्सवको उद्घाटन गरिने कार्यक्रम रहेको छ ।

महोत्सवले धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको प्रवर्धन गर्दै कला र संस्कृतिको संरक्षण गर्ने लक्ष्यका साथ महोत्सव सञ्चालन गर्न लागिएको स्थानीय संयोजक अंगत राइले बताउनुभयो । मोहत्सवको बारेमा जानकारी दिन सप्तकोसी नदी किनारमा पत्रकार सम्मेलन गरेर महोत्सव बारे जानकारी गराइको थियो ।

सार्वजनिक गरिएको कार्यक्रम अनुसार चैत २६ गते बिहान ६ बजे कोशी टप्पु वन्यजन्तु आरक्षको अवलोकन गराइने संयोजक राईले बताउनु भयो । पर्यटकहरूले आरक्षका विभिन्न वन्यजन्तु तथा चराचुरुङ्गीको अवलोकन गरेपछि  सोही दिन दिउँसो रामधुनी मन्दिर दर्शन तथा साँझ बोराबाँध क्षेत्रमा सूर्यास्त अवलोकनको कार्यक्रम राखिएको छ । साझ सांस्कृतिक कार्यक्रमअन्तर्गत लाखे र धान नाच प्रस्तुत गरिनेछ जनाइएको छ ।

म्होत्सवको दोस्रो दिन चैत २७ गते बिहान ७ बजे पर्यटकहरुलाई वराहक्षेत्र मन्दिर दर्शनपछि बिहान १० बजे वराहक्षेत्रबाट र्याफ्टिङ गर्दै बोराबाँधसम्म यात्रा गराइने । संयोजक राईका अनुसार दिउँसो १२ बजे जेट बोट, एटिभी राइडिङ तथा नौका सयरको व्यवस्था गरिएको छ भने साँझ ७ बजेदेखि स्थानीय कलाकारहरूको प्रस्तुति गरिने भएको छ । महोत्सव अवधिभर आगन्तुक पर्यटकहरूका लागि स्थानीय जातीय परिकारको स्वाद लिन पाइने व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

महोत्सव अवधिभर आन्तरिक र वाह्य पर्यटकहरुका लागि वराहक्षेत्रकोे प्राकृतिक सौन्दर्य अवलोकनसँगै स्थानीय कला, संस्कृति र जीवनशैली झल्काउने विभिन्न गतिविधिहरू सञ्चालन गरिने बताइएको छ । स्थानीय उत्पादन र परिकारहरूलाई विशेष प्राथमिकतामा राखेर कोदो, मकै, फापरजस्ता अन्नबाट बनेका परम्परागत परिकारदेखि स्थानीय तरकारी तथा लोकल कुखुरा, माछाका स्वादले आगन्तुकहरुलाई स्वागत गरिने बताइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल