alliance khabar

आइतबार, चैत्र २२, २०८२

काठमाडौँ, चैत २२ गते ।

छन्दकवि दिव्यलक्ष्मी पोखरेलको काव्यकृति मातृ वन्दनामाथि राजधानीमा शनिबार परिचर्चा गरिएको छ । नागार्जुन वाङ्मय प्रतिष्ठानद्वारा आयोजित मासिक सुप्रभात काव्य गोष्ठीमा समालोचक ढुण्डिराज पहाडीले सुनकोशीको प्रवाह जस्तै दिव्यलक्ष्मीको काव्यमा भोगाइ र अनुभूतिको प्रवाह रहेको चर्चा गर्नुभयो ।

समालोचक पहाडीले भन्नुभयो, “दिव्यलक्ष्मी गमलामा फुलाएको फूल होइन, पहरामा फुल्ने सुनगाभा जस्तो लाग्छ । ‘मातृ वन्दना’ नित्यनवीन विषय भए पनि छुट्टै कलाशैली छ । लेखनमा अनुभूतिको प्रवाह छ । सरल विम्ब, सरस तर गहन छन् । सरलताभित्र गहनता काव्यको विशिष्टता हो ।” कवि प्रोल्लास सिन्धुलीयले सहरको विद्यालय, मेरी छोरी धेरैको श्राप लिएर जन्मिन्छेलगायत छ वटा कविता वाचन गर्नुभएको थियो ।

गोष्ठीका समालोचक प्राडा खडानन्द पौड्यालले कवि प्रोल्लासलाई ‘युगको कोशेढुङ्गो’ विशेषण दिँदै उहाँका कवितामा परम्परालाई जोड्दै भविश्यलाई गाँस्दै गएको चर्चा गर्नुभयो । कवि पोखरेलले निरक्षर भए पनि रेखा कोरेर तिनमा अर्थ र भाव पोख्दै साहित्य लेखनमा आएको स्मरण गर्नुभयो ।

गोष्ठीमा लक्ष्मण अधिकारी, सरोज पहाडी, दिलकुमारी डङ्गोल, आल्फी फोयन फाक्लुपा, पदम दाहाल, चेवन बस्नेत ठुलाघरे, बुद्धिसागर पौड्याल, बलराम विष्टलगायतले कविता (गद्य, पद्य), गजल, मुक्तक वाचन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल