alliance khabar

बिहिबार, चैत्र १९, २०८२

काठमाडौँ, चैत १९ गते ।

 ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रालयको कार्यसम्पादनलाई थप चुस्त, पारदर्शी र नतिजामुखी बनाउने उद्देश्यले सुशासन एकाइ स्थापना गरेको छ । नयाँ सरकार गठनलगत्तै यही चैत १३ गते मन्त्रीपरिषद्को बैठकले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी एक सयबुँदे कार्यसूचीको प्रभावकारी कार्यान्वयनका लागि मन्त्रीस्तरीय निर्णयमार्फत यस्तो एकाइ स्थापना गरिएको हो ।

सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ तथा सम्बन्धित नियमावलीको व्यवस्था र नेपाल सरकार मन्त्रीपरिषद्को निर्णय अनुसार उक्त एकाइ स्थापना गरिएको हो ।

नवगठित एकाइले मन्त्रालय तथा मातहतका निकायमा कार्यरत कर्मचारीको कार्यसम्पादनको नियमित अनुगमन र मूल्याङ्कन गर्ने मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रीको पदभार ग्रहणकै क्रममा यस्तो एकाइ स्थापना गर्न निर्देशन दिनुभएको थियो ।

एकाइको संयोजकका रूपमा प्रशासन महाशाखाका सहसचिव रहने व्यवस्था गरिएको छ । त्यस्तै कार्यक्रम, बजेट तथा अनुगमन, जलस्रोत, ऊर्जा, विकास सहायता तथा प्रादेशिक समन्वय, जल तथा मौसम तथा कानुन तथा फैसला कार्यान्वयन महाशाखाका सहसचिव सदस्य रहने व्यवस्था गरिएको छ । सूचना तथा जनसम्पर्क शाखाका उपसचिव सदस्य सचिव रहने छन् ।

एकाइले कर्मचारीको कार्यविवरण अनुसार कामको प्रगति, कानुनी समयसीमाको पालना तथा सरकारी स्रोतसाधनको सदुपयोगको अवस्थाबारे पनि मूल्याङ्कन गरिने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले बुधबार नै अलपत्र तथा रुग्ण आयोजनाको पुनरवलोकन गर्न सहसचिव महेश्वर श्रेष्ठको संयोजकत्वमा आठसदस्यीय अध्ययन टोली पनि गठन गरेको छ । टोलीले आयोजनाको औचित्य, बजेट व्यवस्था, जग्गा अधिग्रहण र वातावरणीय प्रभाव मूल्याङ्कनलगायतको समस्या समाधानका लागि सिफारिससहितको प्रतिवेदन ३० दिनभित्र पेस गर्ने कार्यादेश पाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल