alliance khabar

बुधबार, चैत्र १८, २०८२

लहान, चैत १८ गते।

 चैत १९ गतेदेखि सुरु हुन लागेको एसइई परीक्षालाई जिल्लामा मर्यादित बनाउन सिरहा विकास मञ्च, सिरहाले जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षणपत्र बुझाएको छ। मञ्चले मङ्गलबार जिल्ला प्रशासन कार्यालय, सिरहामा ज्ञापनपत्र बुझाउँदै परीक्षा निष्पक्ष र मर्यादित बनाउन माग गरेको हो।

सातवटै प्रदेशमध्ये सबैभन्दा कम साक्षरता दर रहेको मधेश प्रदेशको शैक्षिक अवस्था कमजोर बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै मञ्चले शिक्षा सुधारका लागि परीक्षा प्रणालीलाई मर्यादित बनाउनु आवश्यक रहेको जनाएको छ। मञ्चका संयोजक तथा वरिष्ठ लेखक रामरिझन यादवले एसईई परीक्षालाई मर्यादित बनाउन ज्ञापनपत्र बुझाइएको बताउनुभयो।

ध्यानाकर्षणपत्रमा एसइई परीक्षा कक्षा १२ का विद्यार्थीहरूसँग समेत जोडिएको उल्लेख गर्दै विगत वर्षहरूमा परीक्षा केन्द्रहरूमा ‘सेटिङ’का आधारमा चिट चोरी गराउने, गराउने समूह र बिचौलियाको अस्वाभाविक सक्रियताले जिल्लाको परीक्षा प्रणालीको विश्वसनीयतामै प्रश्न उठ्दै आएको उल्लेख गरिएको छ।

गाउँगाउँबाट गुणस्तरीय शिक्षाको नाममा बसमार्फत विद्यार्थी ओसार्ने र भर्ना गराउने केही नाम चलेका संस्थागत बोर्डिङ स्कुलहरूले दुर्गम गाउँमा परीक्षा केन्द्र कायम गराई परीक्षा अमर्यादित बनाउने काम गर्दै आएको संयोजक यादवले बताउनुभयो। यस वर्ष पनि त्यस्तै ‘सेटिङ’ गरिएको आशंका रहेको भन्दै परीक्षा हलभित्र चिट चोरीजस्ता अमर्यादित गतिविधि हुन नदिन सिरहा विकास मञ्चले सचेत गराएको उहाँले स्पष्ट गर्नुभयो।

ज्ञापनपत्र बुझ्दै जिल्ला परीक्षा समन्वय समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले परीक्षा भयमुक्त र पूर्ण मर्यादित बनाउन आवश्यक गृहकार्य सम्पन्न भएको विश्वास दिलाउनुभयो।

यस वर्ष सिरहाबाट ११ हजार ३७ विद्यार्थी एसइई परीक्षामा सहभागी हुँदैछन्। तीमध्ये साधारणतर्फ १० हजार ६२५ र प्राविधिक धारतर्फ ४१२ जना विद्यार्थी रहेका छन्। सहभागीमध्ये ५ हजार ३०८ छात्रा र ५ हजार ७२९ छात्र रहेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल