alliance khabar

सोमबार, चैत्र ०९, २०८२

काठमाडौँ, चैत ९ गते ।

 वर्षा र सहकालका देवता सेतो मत्स्येन्द्रनाथको रथयात्रा जात्राबारे अभिलेखीकरण गर्ने उद्देश्यले निर्माण गरिएको ‘सेतो मत्स्येन्द्रनाथको रथयात्रा’ सम्बन्धी वृत्तचित्र सार्वजनिक गरिएको छ । काठमाडौँ महानगरपालिकाद्वारा आइतबार राजधानीमा आयोजित सेतो मत्स्येन्द्रनाथको रथयात्राको व्यवस्थापन सम्बन्धमा आयोजित बैठकमा सो वृत्तचित्र सार्वजनिक गरिएको हो ।

काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले काठमाडौँ उपत्यकाका जीवन्त संस्कृति सम्पदा सेतो मत्स्येन्द्रनाथ जात्रालाई व्यवस्थित रूपमा सञ्चालन गर्दै देशविदेशका कूटनीतिक नियोगका पदाधिकारीलाई दर्शन/भ्रमण गराउने व्यवस्थाका लागि सुरक्षा निकाय, जात्रा व्यवस्थापन समिति, स्थानीयको समेत सहकार्यले सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले सेतो मत्स्येन्द्रनाथको जात्रा सञ्चालनका क्रममा शान्तिसुरक्षा र ट्राफिक व्यवस्थापन चुस्त, दुरुस्त बनाउन गृह मन्त्रालय र  सबै सुरक्षा निकाय, स्थानीय र जात्रा व्यवस्थापन समिति र स्वयंसेवकको समन्वय हुने जानकारी दिनुभयो ।

इन्जिनियर आनन्द मानन्धरले विगत १० वर्षदेखि आर्किटेक्ट, इन्जिनियर समूहको टोलीले भक्तपुर, काठमाडौँलगायतका क्षेत्रमा सञ्चालन गरिने  जात्राका लागि तयार गरिने रथ, खटदेखि जात्रा सञ्चालनको अवधिबारे स्केच, चित्र र भिडियो, फोटोको माध्यमबाट जात्रालाई अभिलेखीकरण गर्ने क्रममा सेतो मत्स्येन्द्रनाथको रथयात्राबारे पनि वृत्तचित्र तयार भएको जानकारी दिनुभयो ।

जात्रा अभिलेखीकरणका लागि  ई. आनन्द मानन्धरका साथै अमित वज्राचार्य, सिजन शाक्य र सोना बाडेलगायतको समूहले भक्तपुरको बिस्का जात्रा, कुमारी, गणेश, चाँगुनारायणको वंशगोपाल रथलगायतको अभिलेखीकरण गरिसक्नुभएको छ । चैत १२ गते तीनधारा पाठशालाबाट सुरु भई असन, वसन्तपुर, लगन हुँदै मत्स्येन्द्रबहालमा समापन हुने वर्षा र सहकालका देवता सेतो मत्स्येन्द्रनाथको रथयात्राका लागि रथ दरबारमार्गस्थित तीनधारा पाठशालामा  निर्माण भइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल