alliance khabar

बुधबार, चैत्र ०४, २०८२

काठमाडौँ, चैत ४ गते ।

खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले कीर्तिपुरस्थित सीताराम गोकुल मिल्क्समा अनुगमन गरी ठुलो परिमाणमा प्रशोधित दुधको कारोबार गर्न रोक लगाएको छ । विभागको अनुगमन टोलीले उक्त उद्योगबाट उत्पादन गर्ने प्रशोधित दुधमा तोकेको गुणस्तर मापदण्ड नभएको पाइएपछि कारोबारमा रोक लगाएको हो ।

विभागका अनुसार सरकारी मापदण्ड अनुसार प्रशोधित दुधमा न्यूनतम ३.० प्रतिशत चिल्लो पदार्थ हुनुपर्नेमा उद्योगको लगबुकमा केवल १.४ प्रतिशत मात्र उल्लेख भएको भेटिएको थियो । विभागका निर्देशक डा. बालकुमारी शर्माले उद्योगकै प्रयोगशालामा गरिएको परीक्षणमा समेत ब्याच नं २८६१ को दुधमा चिल्लोपनाको मात्रा मापदण्डभन्दा कम देखिएपछि कारोबार रोक्का गरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार कोल्डस्टोरमा तयारी अवस्थामा रहेको उक्त ब्याचका ५१९ क्रेट (प्रतिक्रेट २० पोका, पाँच सय मिलि) प्रशोधित दुध बिक्रीवितरण नगर्न निर्देशन दिँदै रोक्का गरिएको छ । साथै विभागले उक्त ब्याचको दुधको नमुना सङ्कलन गरेर परीक्षणमा पठाउने तयारी गरेको पनि जनाएको छ ।

तीन फर्मलाई जरिबाना

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मङ्गलबार काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा बजार अनुगमन गरी उपभोक्ता हितविपरीत कार्य गर्ने तीन वटा व्यवसायी फर्मलाई जरिबाना गरेको छ । विभागले अनुगमनका क्रममा चाँगाथलीको एकताग्राम स्टोर २० हजार रुपियाँ, बबरमहलमा रहेका किराना घर ट्रेड एन्ड सप्लायर्स र गणपति ट्रेड सप्लायर्सलाई पाँच÷पाँच हजार रुपियाँ जरिबाना गरेको हो । विभागले अनुगमन गरिएका अन्य १९ वटा फर्मलाई भने सुधार गर्न निर्देशन दिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल