alliance khabar

बुधबार, चैत्र ०४, २०८२

बागलुङ, चैत ४ गते ।

सदरमुकाम बागलुङ बजारमा खानेतेलको अभाव देखिएपछि जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन गर्न थालेको छ । जिल्ला प्रशासन, बागलुङ नगरपालिका, उपभोक्ता मञ्च, पत्रकार र अन्य सरोकारवाला निकायले बजार अनुगमन थालेका हुन् । बजारका केही ठुला गोदाममा गरिएको अनुगमनमा खानेतेल नियमित आएको र अभाव नभएको पत्ता लागेको छ । यद्यपि हरेक पटक तेल आउने क्रममा धेरैथोरै मूल्यमा भने तलमाथि हुने गरेको पाइएको छ ।

जिल्ला प्रशासनका प्रशासकीय अधिकृत नारायण कार्कीका अनुसार बजारका ठुला स्टोरमा अनुगमन गर्दा अधिकांशमा पर्याप्त तेल रहेको पाइएको छ तर आवश्यकताभन्दा बढी खोज्दा अभाव सिर्जना गरेको भेटिएको छ ।  केही समयअघि बजारमा खाना पकाउने एलपी ग्याससमेत अभाव भएको पाइएपछि प्रशासनले डिलरमा खोजी अभियान थालेको थियो । ग्यास पनि आवश्यकताभन्दा बढी राखेर उपभोक्ताले भण्डारण गर्दा बजारमा अभाव देखिएको कार्कीले बताउनुभयो ।

उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले भन्नुभयो, “चुलो बल्नै छाडेकालाई ग्यास उपलब्ध गराउन सकिने छ ।” निर्वाचन ताका केही अभाव भएको, यातायात रोकिँदा समयमा सामग्री नआएको व्यापारीको भनाइ छ ।

निर्वाचनपछि खानेतेल आइरहेकाले अभाव नहुने व्यवसायी बताउँछन् । शुक्लेश्वर स्टोर्सका प्रोपाइटर बाबुराम शर्माले भन्नुभयो, “अझै पनि स्टोरमा पर्याप्त तेल छ । मूल्य भने केही महँगो र सस्तो पर्ने क्रम चलिरहन्छ ।” उपभोक्ताले आत्तिएर धेरै खरिद गर्ने काम नगर्न शर्माको सुझाव छ । खानेतेल र एलपी पर्याप्त आइरहेकाले उपभोक्ता डराउन नपर्ने देखिएको अनुगमन टोलीको निष्कर्ष छ । प्रशासनले एलपी ग्यासका उपभोक्तालाई आवश्यकताभन्दा बढी नराख्न आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल