alliance khabar

सोमबार, चैत्र ०२, २०८२

काठमाडौँ, चैत २ गते ।

 जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण विभिन्न स्थामा हावाहुरी, मेघगर्जनसहित चट्याङ परेको बताएको छ ।

महाशाखाकाअनुसार अहिले काठमाडौँ उपत्यकामा हावाहुरी, मेघगर्जन र चट्याङसहित  वर्षा भइरहेको छ । यो प्रणाली पूर्वतिर सर्दै गएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

यसैगरी, कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानमा हल्का वर्ष र हिमपात भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लागेको छ ।

सोमबार राति कोशी, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका थोरै स्थानमा र बाँकी हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।

मङ्गलबार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एक दुई स्थान र बुधबार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन चट्याङ्सहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल