alliance khabar

मंगलबार, फाल्गुण १९, २०८२

चितवन, फागुन १९ गते ।

यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लाका सबै मतदान केन्द्रहरूमा निर्वाचन सामग्री र कर्मचारी पुगेका छन् । मुख्य निर्वाचन कार्यालयका अनुसार निर्वाचन प्रहरी, नेपाल प्रहरीसहित निर्वाचन कर्मचारी र मतदानका लागि आवश्यक सामग्री मतदानस्थल तथा केन्द्रमा पुगेका हुन् ।

निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले जिल्लाका सबै क्षेत्रमा निर्वाचनका लागि आवश्यक सामग्री र कर्मचारी पुगेको बताउनुभयो । मतदानका लागि आवश्यक ५१ प्रकारका सामग्रीसहित सम्बद्ध अधिकारीहरू त्यहाँ पुगेका उहाँले जनाकारी दिनुभयो ।

जिल्लामा ४९४ मतदान केन्द्र र १६२ मतदानस्थल रहेका छन् । सबै मतदान केन्द्रमा मतदानस्थल निर्माणको काम सुरु गरिएको कार्कीले जानकारी दिनुभयो । यहाँ निर्वाचन सम्पन्न गर्नका लागि दुई हजार ९६४ जना कर्मचारी खटिएका छन् । यससँगै जिल्ला सुरक्षा समितिले सुरक्षा विश्लेषण अनुसारको सुरक्षा व्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी गणेश आर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार मतदानस्थललाई तीन वर्गमा वर्गीकरण गरेर सुरक्षा व्यवस्था मिलाइएको र तीन वटै क्षेत्रमा मत गणनास्थल निर्माणको काम सम्पन्न गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी आर्यालका अनुसार चितवन क्षेत्र नं १ मा खैरहनी माध्यामिक विद्यालय, क्षेत्र नं २ मा उद्योग सङ्घ चितवनको प्रदर्शनी केन्द्र र क्षेत्र नं ३ को कृषि तथा वन विज्ञान विश्वविद्यालयको भवनमा मतगणनास्थल तय गरिएको छ । मत गणनास्थलमा सिसी टिभी जडान र तारजाली राख्ने काम सकिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिनिधिसभा निर्वाचनमा जिल्लाका तीन वटा निर्वाचन क्षेत्रमा चार लाख ४२ हजार ८२ जना मतदाता रहेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल