alliance khabar

बुधबार, फाल्गुण १३, २०८२

काठमाडौँ, फागुन १३ गते ।

 निर्वाचन आयोगले निर्वाचन मितिभन्दा ७२ घण्टा अघिदेखि नै सम्बन्धित जिल्लाका अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।

बुधबार विज्ञप्ति सार्वजनिक गर्दै आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले यस्तो निर्देशन दिएको जानकारी गराउनुभएको हो ।

‘निर्वाचन सुरक्षा –व्यवस्थापन निर्देशिका, २०८२ को दफा ६ मा उल्लेख भए बमोजिम निर्वाचनमा शान्ति सुरक्षा कामय गर्ने सम्बन्धमा तोकिएका सबै कार्यहरुसहित सोही दफाको खण्ड (झ) मा उल्लेख भएको निर्वाचत मितिभन्दा ७२ घण्टा अघिदेखि सम्बन्धित जिल्लाका अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने व्यवस्था मिलाउने’, प्रवक्ता भट्टराईले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रभावकारी सुरक्षा व्यवस्था मिलाउने सम्बन्धमा निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले महत्त्वपूर्ण निर्देशन गर्दै कार्यान्वयनका लागि गृह मन्त्रालयमा पठाएको हो ।

उच्च स्तरीय निर्वाचन सुरक्षा समिति बैठकका निर्णय बुँदामा : 

मौन अवधि र आचारसंहिता: मिति २०८२ फागुन १८ गते राति १२:०० बजेदेखि लागू हुने निर्वाचन प्रचारप्रसार निषेध (मौन) अवधिमा निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई निर्देशन दिने। आचारसंहिता विपरीतका कार्य भए गरेको पाइएमा तत्काल कानुनी कारबाही गरी आयोगलाई जानकारी गराउने।

मादक पदार्थ प्रतिबन्ध: मतदानको मितिभन्दा ७ दिनअघिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थको बिक्री–वितरण तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाउने।

सवारी आवागमन: मतदानको दिन फागुन २० गते राति १२:०० बजेदेखि फागुन २१ गते मतदान सम्पन्न नभएसम्मका लागि अत्यावश्यक सेवा (एम्बुलेन्स, दमकल, शववाहन, दूरसञ्चार, विद्युत् मर्मत आदि), कूटनीतिक नियोग र पास प्राप्त सवारीसाधन बाहेक अन्य सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाउने।

हवाई उडान: मतदानको दिन अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडान यथावत् सञ्चालन हुनेछन्। हवाई टिकट भएका यात्रुले विमानस्थलदेखि होटल/घरसम्म यात्रा गर्दा निजी वा सम्बन्धित एयरलाइन्सको सवारीसाधन प्रयोग गर्न पाउने व्यवस्था मिलाउने।

सीमा नाका बन्द: निर्वाचन सुरक्षा निर्देशिका अनुसार निर्वाचन हुनुभन्दा ७२ घण्टाअघिदेखि सम्बन्धित जिल्लाका अन्तर्राष्ट्रिय सीमा नाकाहरू बन्द गर्ने व्यवस्था मिलाउने।

मतदानका लागि आवश्यक कागजात: मतदाता नामावलीमा नाम भएका मतदाताले मतदानका लागि जाँदा आफ्नो मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपुर्जा वा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) मध्ये कुनै एउटा सक्कल कागजात साथमा लिई जानुपर्ने। सो आधारमा मतदान गर्न पाउने कुराको सूचना सुरक्षाकर्मी र कर्मचारीलाई दिने।

सवारी पास वितरण: मतदानको दिनका लागि आवश्यक सवारी पास वितरण गर्न निर्वाचन आयोगको सचिवालय परिसरमा छुट्टै इकाइ खडा गरी कर्मचारी खटाउने।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल