alliance khabar

शुक्रबार, फाल्गुण ०८, २०८२

सिँजा (जुम्ला), फागुन ८ गते ।

जुम्लामा आगलागीबाट तीन तले घर पूर्ण रूपमा नष्ट भएको छ । तातोपानी गाउँपालिका–८ बङतडिस्थित एक घरमा बिहीबार राति आगलागी हुँदा घर पूर्ण रूपमा जलेर नष्ट भएको हो ।

आगलागीबाट तातोपानी गाउँपालिका–८ बङतडिका सन्देशकुमार शाहीको तीन तले नौ कोठे घर पूर्ण रूपमा ध्वस्त भएको प्रहरीले जनाएको छ । पीडित शाहीका अनुसार बिहीबार राति करिब १० बजेतिर घरमा आगो लागेको हो । उक्त समयमा घरमा कोही पनि नभएकाले मानवीय क्षति भने हुन पाएन । तर घरभित्र रहेका लत्ताकपडा, गरगहना तथा नगद रकमसमेत जलेको परिवारले जनाएको छ । शाहीका बुबा दिलबहादुर शाही जडीबुटी व्यापारी भएकाले घरमा नगद रकम पनि रहेको र सो समेत जलेको हुन सक्ने अनुमान गरिएको छ ।

राति करिब १० बजेबाट सुरु भएको आगो शुक्रबार बिहान करिब ५ः३० बजेतिर नियन्त्रणमा आएको थियो । स्थानीयवासी र प्रहरी चौकी टोप्लाको सक्रियतामा आगो नियन्त्रणमा लिइएको हो । आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल