alliance khabar

बुधबार, माघ २८, २०८२

सिँजा (जुम्ला), माघ २८ गते । 

हिमाली जिल्ला जुम्लाका किरब ३० प्रतिशत मानिसहरु जिल्ला बाहिर रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । मङ्सिरदेखि चैत महिनासम्म हिउँ पर्ने जुम्लामा मानिसहरु जाडो छल्न तथा विभिन्न व्यापार व्यवसायका लागि तराईमा झरेको प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले बताउनुभयो ।

उहाँले जुम्लाका मानिसहरुको घर नेपालगञ्ज र सुर्खेतमा पनि भएको हुनाले हिउँदमा त्यहाँ जाने र वर्षामा खेतिपाती गर्नका लागि गाउँमा आउने भएकाले अहिले गाउँमा धेरै जसो मानिसहरु कमै भेटिने गरेका छन् ।

आगामी फागुन २१ गते हुने निर्वाचनको मतदान केन्द्र अवलोकनको क्रममा जुम्लाका वस्तीहरुमा पुग्दा त्यहाँ कतिपय घरहरु नै बन्द गरेर मानिसहरु तराई तिर झरेको हुनाले जिल्ला भरीको कुल जनसङ्ख्याको करिब ३० प्रतिशत जति मानिसहरु जिल्ला बाहिर नै रहेको उहाँले बताउनु भयो ।

एक नगरपालिका र ७ वटा गाउँपालिका रहेको जुम्ला जिल्लामा एक सय १० वटा मतदान केन्द्र तोकिएको हुनाले १५ वटा मतदान केन्द्रमा अहिले पनि हिउँ जमिरहेको हुनाले आगामी फागुन १५ गते भन्दा पछाडी हिउँ परेको खण्डमा ती मतदान केन्द्रमा निर्वाचन गर्न कठिन हुन सक्ने विषयमा गृह मन्त्रालयलाई जानकारी गराई सकेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो । ७१ हजार सात सय ३९ जना मतदाता रहेका छन् ।

तीमध्ये ३७ हजार चार सय ५९ जना पुरुष र ३४ हजार दुई सय ८० जना महिला मतदाता रहेका छन् । आधाजसो मानिसहरु अहिले जिल्ला बाहिर रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । व्यापार, व्यवसाय तथा विभिन्न कामको खोजिमा यहाँका मानिसहरु नेपालगञ्ज, सुर्खेत, काठमाडौँ लगायतका शहर र भारतमा समेत गएको हुनाले चुनावको समयमा आउने नआउने विषयमा निश्चित नभएको तिला गाउँपालिका ४ नुवाकोटका गोरीकला नेपालीले बताउनुभयो ।

उहाँले गाउँमा रहेका एक सय ८१ घरमध्ये २५ वटा घरका सबै परिवारहरु भारत र नेपालका विभिन्न शहरमा गएको बताउनुभयो । जिल्ला बाहिर रहेका मतदाताहरुलाई जिल्लामा बोलाउनका लागि उम्मेदवारहरुले समन्वय गरिरहेको हुनाले जम्मा मतदाता सङ्ख्याको ६० देखि ६५ प्रतिशत मतदाताहरु जिल्लामा आउन सक्ने आँकल गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल