alliance khabar

बिहिबार, माघ १५, २०८२

हुम्ला, माघ १५ गते 

हिमाली जिल्ला हुम्लाको उत्तरी क्षेत्रमा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ । गत शुक्रबार परेको हिमपातमाथि फेरि मङ्गलबार रातिबाट हिमपात सुरु भएपछि सडकमा बाक्लो हिउँ जमेकाले यातायात सेवा अवरुद्ध भएको हो ।

पाँच दिनअगाडि परेर सडकमा जमेको हिउँ पग्लिएर मङ्गलबार बिहानबाट सञ्चालन भएको यातायात सेवा सोही दिन रातिबाट पुनः हिमपात हुँदा उत्तरी हुम्लाभर अवरुद्ध भएको चालक पूर्ण रावतले बताउनुभयो । उहाँले एक फिटभन्ला बढी हिउँ जमेका कारण यातायातका साधन सञ्चालन गर्न नसकिने अवस्था रहेको जनाउनुभयो । पुनः हिमपात हुँदा यात्रुलाई मर्का परेको उहाँको भनाइ छ ।

अर्का बसचालक उपेन्द्र गुरुङले सिमकोटबाट दक्षिण र उत्तरतर्फको यातायात सेवा हिमपातले बन्द भएको र सडक हिउँले ढाकिएर यातायात साधन चलाउन नसकिएको बताउनुभयो । सडकमा जमेको हिउँले सिमकोटबाट काठमाडौँसम्म सञ्चालन हुँदै आएको यातायात सेवाको बस र हुम्ला हिल्सा यातायात प्रालिको बस पनि सिमकोटबाट नेपालगन्जका लागि छुट्न नसकेको उहाँले जनाउनुभयो । बाक्लो हिमपात सडकमा जमेको हिउँ र हिउँ पर्ने क्रम जारी रहेका कारण यातायात सुचारु हुने सम्भावना छैन । सिमकोटबाट कर्णाली कोरिडोरको खार्पु र उत्तरतर्फको नाम्खा गाउँपालिकासम्म यातायात सेवा तत्काल सञ्चालन हुने अवस्था छैन । कच्ची सडकमा हिउँ जमेका कारण कर्णाली कोरिडोर मात्र नभएर ग्रामीण सडकमा पनि यातायात सेवा अवरुद्ध भएको चालकले बताएका छन् ।

पछिल्लो हिमपातले उत्तरी हुम्लाका भौतिक पूर्वाधार विकासका काम प्रभावित भएको हिल्सा–सिमकोट सडक योजनाका प्रमुख बेलबहादुर नेपालीले बताउनुभयो । हिमपातले विशेष गरी नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकाका केही भागमा विकासनिर्माणका काम प्रभावित भएका छन् । उहाँले आफ्नो कार्यालय अन्तर्गत सिमकोट–हिल्सा सडकका पाँच वटा योजनाको काम रोकिएको बताउनुभयो । सिमकोटबाट नाम्खा गाउँपालिका–४, याल्वाङको इलिङकाँधसम्मको सडक स्तरोन्नति भइरहेकोमा हिमपातले रोकिएको छ । नाम्खा र सिमकोट गाउँपालिकामा पनि हाल सञ्चालनमा रहेका भौतिक पूर्वाधारका योजना हिमपातले प्रभावित भएका छन् भने पूर्वाधार विकास कार्यालय, खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयका काम पनि रोकिएका छन् ।

जिल्लाको हवाई सेवा बुधबार बन्द भएको छ । विमानस्थलमा एक फिट हिउँ जमेको र हिउँ पर्ने क्रम जारी रहेकाले हवाई सेवा अवरुद्ध भएको हो । यसबाट नेपालगन्जबाट सिमकोट र सिमकोटबाट नेपालगन्ज झर्ने यात्रु प्रभावित भएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल