alliance khabar

बुधबार, माघ १४, २०८२

बागलुङ, माघ १४ गते।

 हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएपछि अलपत्र परेका यात्रुको उद्धार गरिएको छ। गए राति ४ बजेदेखि परेको हिमपातका कारण बागलुङ र पूर्वी रुकुमको सिमाना पातीहाल्नेमा अलपत्र परेका ५० जना यात्रुको उद्धार गरिएको हो।

रुकुम पूर्वकी प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार काठमाडौँदेखि रुकुम, जाजरकोट, डोल्पालगायत पश्चिम नेपाल जाने यात्रुलाई सुरक्षाकर्मीको गाडीबाट उद्धार गरिएको छ। यात्रुलाई रुकुमकोटसम्म पुर्याएर गन्तव्यमा पठाइने प्रजिअ परियारले बताउनुभयो।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र जेसिबीको सहयताले केही ठाउँको हिउँ हटाएर यात्रुको उद्धार गरिएको उहाँको भनाइ छ।

पातीहाल्ने क्षेत्रमा भारी हिमपात परेको हुँदा तत्काल गाडी सञ्चालन गर्न सकिने अवस्था नरहेको प्रजिअ परियारले बताउनुभयो। बागलुङ प्रशासन र काठमाडौँ प्रशासनसँग समन्वय गरी केही दिन यो सडकखण्डमा यातायात सञ्चालन नगर्न आग्रह गरेको उहाँको भनाइ छ।

उहाँले भन्नुभयो, “यात्रु अलपत्र परेको खबर पाउनासाथ बिहानैदेखि जिल्ला सुरक्षा समितिको टिमनै फिल्डमा आयौँ र अलपत्र परेका यात्रुको उद्धार गरेका छौँ, पातीहाल्ने क्षेत्रमा बाक्लो हिमपात छ, यहाँ अहिले सडक खुलाउन सक्ने अवस्था छैन, पूर्वी रुकुमबाट काठमाडौँ चल्ने यातायातलाई हामीहरूले उतै रोक्छौँ, बागलुङ तर्फबाट पनि गाडी चल्न नदिनका लागि प्रशासनसँग समन्वय गरेका छौँ।”

हिउँ नपग्लिदासम्म रुकुम हुँदै काठमाडौँ, पोखरा जाने सवारी साधानले फरक रुटको प्रयोग गर्नुपर्नेछ। बागलुङ खण्डमा पनि दुई फिटभन्दा बढी हिउँ परेको हुँदा यात्रा गर्न नसकिने अवस्था रहेको सहायक प्रमुख जिल्ला अधिकारी नवराज बरालले जानकारी दिनुभयो। सडक खुलाउन निसीखोला गाउँपालिकासँग समन्वय भइरहेको उहाँको भनाइ छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल