alliance khabar

आइतबार, माघ ११, २०८२

पश्चिम नवलपरासी, माघ ११ गते ।

नेकपाका प्रभावशाली नेता तथा पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल ‘सुनील’ यस पटक नयाँ निर्वाचन क्षेत्र र नयाँ योजनाका साथ जनताको घरदैलोमा पुग्नुभएको छ । यसअघि बागलुङबाट पटक–पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भई राष्ट्रिय राजनीतिमा आफ्नो उपस्थिति जनाउनुभएका पौडेल यसपटक पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं. २ बाट चुनावी मैदानमा उत्रिनुभएको हो ।

फेरिएको कार्यक्षेत्र, उही विकासको सङ्कल्प
लामो समय बागलुङको राजनीतिमा सक्रिय पौडेलले यसपटक पश्चिम नवलपरासीलाई आफ्नो राजनीतिक र सामाजिक कर्मथलो बनाउने निर्णय गर्नुभएको छ । उहाँले विगत १५ वर्षदेखि सुनवल नगरपालिकाको वडा न.११, जर्गाहमा आफ्नै कृषि फार्म सञ्चालन गर्दै आउनुभएको छ । केवल राजनीतिक भाषणमा मात्र सीमित नभई व्यवहारमै कृषि क्रान्तिको वकालत गर्ने पौडेल अब यसै जिल्लामा बसोबास गरी स्थानीयवासीसँगै सुख–दुःखमा साथ रहने योजनामा हुनुहुन्छ । १० वर्षे जनयुद्धमा समेत यस अवधक्षेत्रको इन्चार्जको रुपमा रहेर जिम्मेवारी लिनुभएका पौडेल नवलपरासी पश्चिमको चुनावी भूगोलका लागि स्पष्ट जानकार हुनुहुन्छ ।

शिक्षा क्षेत्रमा पुर्‍याएको योगदान
पौडेल शिक्षामन्त्री हुँदा देशैभरका सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर र भौतिक पूर्वाधार विकासमा काम गर्नुभयो ।  विशेषगरी पश्चिम नवलपरासी क्षेत्रका विभिन्न सामुदायिक विद्यालयहरूको भवन निर्माण, प्रयोगशाला र प्रविधिमैत्री शिक्षाका लागि उहाँले पुर्‍याउनुभएको योगदानलाई स्थानीय स्तरमा निकै महत्त्वका साथ हेरिएको छ । सोही अनुभवलाई उहाँले अहिले आफ्नो चुनावी पुँजीको रूपमा समेत अघि सार्नुभएको छ ।

मुख्य चुनावी एजेण्डाः भौतिक पूर्वाधार र समृद्धि
यस पटकको निर्वाचनमा पौडेलले “फरक शैली र नयाँ सोच’’ लाई प्राथमिकता दिनुभएको छ । उहाँका मुख्य एजेण्डाहरूमा भौतिक पूर्वाधारः जिल्लाका सडक, ढल, र सिँचाइ आयोजनाहरूको गुरुयोजना बनाई कार्यान्वयन गर्ने, कृषि आधुनिकीकरणः जगार्हमा सञ्चालित आफ्नै मोडेलको कृषि फार्म जस्तै देशभर व्यावसायिक कृषिलाई प्रोत्साहन गर्ने, शिक्षा र स्वास्थ्यः सामुदायिक विद्यालयहरूको स्तरोन्नति र सुलभ स्वास्थ्य सेवा सुनिश्चित गर्ने र स्थानीय रोजगारीः उद्योग र कृषिलाई जोडेर स्थानीय युवाहरूलाई जिल्लामै स्वरोजगार बनाउने रहेका छन् ।

जनअनुमोदित हुने विश्वास
“राजनीति केवल पदका लागि होइन, जनताको जीवनस्तर बदल्नका लागि हुनुपर्छ । म नवलपरासीको माटोमा पसिना बगाइरहेको छु र यहीँको विकासका लागि समर्पित हुनेछु ।’’ देवेन्द्र पौडेलको भनाइ छ ।

नयाँ निर्वाचन क्षेत्र भए तापनि लामो समयदेखि यसै क्षेत्रमा कृषि कर्ममार्फत स्थानीयसँग जोडिनुभएकाले पौडेल आफूलाई ‘पाहुना उम्मेदवार’ नभई ‘घरदैलोको साथी’ का रूपमा प्रस्तुत गरिरहनुभएको छ । राष्ट्रिय राजनीतिमा स्थापित व्यक्तित्व र विकासप्रेमी नेताको छवि भएका कारण उहाँ यसपटक नवलपरासी–२ का जनताबाट अनुमोदित हुनेमा विश्वस्त देखिनुहुन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल