alliance khabar

बिहिबार, माघ ०८, २०८२

सुर्खेत, माघ ८ गते ।

 आगामी फागुन २१ गतेको निर्वाचनको बहानामा विकासनिर्माणका काममा ढिलासुस्ती नगर्न कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले निर्देशन दिनुभएको हो । उहाँले कर्णाली प्रदेश सरकार अन्तर्गतका मन्त्रालयको बुधबारदेखि सुरु भएको अर्धवार्षिक समीक्षामा बोल्दै निर्वाचन आचारसंहिताले नियमित काम गर्न नरोक्ने हुँदा निर्वाचनको बहाना बनाएर विकासनिर्माण र सेवा प्रवाहका काम नरोक्न निर्देशन दिनुभएको हो ।

उहाँले निर्वाचन देखाएर विकासका काम रोकिनु हुँदैन भन्दै मन्त्रालय अन्तर्गतका कामको समयतालिका निर्माण भए पनि तालिका अनुसार काम नभएकोमा असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले  कार्यालय प्रमुखलाई आफ्नो योग्यता, क्षमता र लगनशीलता परिणामसहित देखिने गरी काम गर्न सुझाव दिनुभयो । विकासनिर्माण र सेवा प्रवाहमा ढिलासुस्ती स्वीकार्य नहुने भन्दै उहाँले जनताको अपेक्षा अनुसार कामबाटै उत्कृष्टता प्रदर्शन गर्नुपर्ने बताउनुभयो । निर्वाचन आचारसंहिताले नयाँ काम रोके पनि नियमित वार्षिक नीति तथा कार्यक्रममा समावेश भई स्वीकृत भइसकेका योजना तथा कार्यक्रमको कार्यान्वयनमा कुनै अवरोध नहुने उहाँको भनाइ छ ।

मुख्यमन्त्री कँडेलले स्वीकृत योजना समयमै सम्पन्न गर्न नसक्दा सरकारप्रति जनविश्वास कमजोर बन्ने उल्लेख गर्नुभयो । विकास आयोजनामा गुणस्तर, समयसीमा र पारदर्शितामा कुनै सम्झौता नगर्न निर्देशन दिँदै उहाँले समन्वय र अनुगमनलाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो । समीक्षामा आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले बजेट कार्यान्वयनमा देखिएका समस्याको पहिचान गरी समाधानतर्फ लाग्नुपर्ने बताउनुभयो ।

उहाँले समयमै खर्च र लक्ष्य अनुसार प्रगति हासिल गर्न मन्त्रालय तथा मातहतका कार्यालयबिच समन्वय आवश्यक रहेको जनाउनुभयो । यस्तै जलस्रोत तथा ऊर्जा विकासमन्त्री विजया बुढाले ऊर्जा र जलस्रोत क्षेत्र कर्णालीको समग्र विकासको आधार भएको उल्लेख गर्दै योजनाको प्रभावकारी कार्यान्वयनमा मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो । सो अवसरमा कर्णाली प्रदेशका प्रमुख सचिव वीरेन्द्रकुमार यादवसहित मन्त्रालयका सचिव, ऊर्जा सचिव तथा मन्त्रालय अन्तर्गतका १० जिल्लाका कार्यालय प्रमुखको उपस्थिति रहेको थियो । कार्यक्रममा चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक प्रगति समीक्षा गर्दै आगामी कार्ययोजनाका विषयमा छलफल गरिएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल