alliance khabar

सोमबार, माघ ०५, २०८२

नवलपुर, माघ ५ गते ।

अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका नेता डा. शशांक कोइराला जितेको नवलपुर क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजन गौतमलाई टिकट दिएको छ । आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रास्वपाले गौतमलाई टिकट दिएको हो ।

२०७९ मा भएको निर्वाचनमा यो क्षेत्रबाट कांग्रेस नेता कोइराला निर्वाचित हुनुभएको थियो । उक्त निर्वाचन पनि रास्वपाबाट गौतम नै उम्मेदवार हुनुहुन्थ्यो । डा कोईरालाले २७ हजार ६७ मत पाएर निर्वाचित हुँदा गौतमले २४ हजार ३ सय ५ मतसहित तेस्रो स्थानमा रहनुभएको थियो । एमालेका कृष्णप्रसाद पौडेल २५ हजार ४७ मत पाउनुभएको थियो।

यसपटक कांग्रेसबाट उक्त क्षेत्रमा को उठ्ने भन्ने अक्षै टुंगिएको छैन। यो निर्वाचन क्षेत्रबाट नेकपा (एमाले) ले भागिरथ सापकोटा र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले लोकप्रसाद भुर्तेललाई उम्मेदवार बनाएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल