alliance khabar

शुक्रबार, माघ ०२, २०८२

तनहुँ, माघ २ गते ।

 आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई सुरक्षित, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्न तनहुँ जिल्लामा ‘निर्वाचन प्रहरी’ भर्ना प्रक्रिया सुरु गरिएको छ । सरकारले देशभर निर्वाचन सुरक्षाका लागि जनशक्ति परिचालन गर्ने नीति अनुरुप तनहुँका लागि एक हजार ७५२ जनाको कोटा निर्धारण गरी दरखास्त आह्वान गरेको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार इच्छुक नेपाली नागरिकले पुस २५ देखि माघ १ गतेसम्म आवेदन दिन सक्नेछन् । दरखास्त बुझाउनका लागि जिल्ला प्रहरी कार्यालय तनहुँ र सशस्त्र प्रहरी बल नेपाल नं. २३ गण हेडक्वाटर, मनकामना–भानुलाई केन्द्र तोकिएको छ ।

‘नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल कार्यविधि २०८२’ बमोजिम भर्ना प्रक्रिया अगाडि बढाइने जानकारी दिँदै सूचना अधिकारी विकले सुरक्षाको संवेदनशीलतालाई ध्यानमा राखेर योग्य र दक्ष व्यक्तिहरूलाई छनोट गरिने बताउनुभयो ।

यस पटकको निर्वाचनमा सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन पूर्व सुरक्षाकर्मी र अनुभवीहरूलाई प्राथमिकता दिइने प्रहरी नायब उपरीक्षक विकले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाबाट अवकाश प्राप्त कर्मचारी, विदेशी फौजमा काम गरी फर्किएका व्यक्ति र अघिल्ला निर्वाचनमा सुरक्षा सहयोगीका रूपमा काम गरिसकेका अनुभवीहरूलाई छनोटमा विशेष महत्त्व दिइनेछ ।

त्यस्तै, २०८२ पुससम्म सुरक्षा निकायको भर्ना प्रक्रियामा सहभागी भएका उम्मेदवारहरूलाई पनि यसमा प्राथमिकता दिइने कार्यालयले जनाएको छ ।

योग्यताको मापदण्डबारे प्रष्ट पार्दै सूचना अधिकारी विकले पुरुषको उचाइ न्यूनतम ५ फिट २ इञ्च र महिलाको ४ फिट १० इञ्च हुनुपर्ने जानकारी दिनुभयो । दरखास्त दिने आवेदकहरूको छनोट प्रक्रिया आगामी माघ ९ गतेभित्र सम्पन्न गरिने र सफल उम्मेदवारहरूको तालिम माघ १५ गतेदेखि सुरु हुने कार्यतालिका रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल