alliance khabar

शुक्रबार, माघ ०२, २०८२

वराहक्षेत्र (सुनसरी), माघ २ गते ।

सुनसरीको वराहक्षेत्र मन्दिरको सप्तकोशीमा यस पटक एक लाख ५० हजारभन्दा बढी भक्तजनले मकरस्नान गरेका छन् । प्रत्येक वर्ष माघ १ गते मकरस्नान गर्न श्रद्धालु वराहक्षेत्र आउने गरेका छन् ।

धनु राशिबाट सूर्य मकर राशिमा प्रवेश गर्ने दिन भएकाले मकरस्नान गर्न टाढा टाढादेखि भक्तजन आउने गरेको वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ । स्थानीय पण्डित योगेश भण्डारीका अनुसार माघ १ बाट सूर्य मकर राशिमा प्रवेश गर्ने र सूर्य उत्तरायण हुन्छ । आजकै दिन देवताहरू जागृत हुने भएकाले ठुला तीर्थ र तलाउमा गएर स्नान गर्दा हजार गुणा बढी पुण्य मिल्ने भएकाले मकरस्नान गरिँदै आएको छ ।

उहाँ भन्नुहुन्छ, “आजको दिन वराहक्षेत्रस्थित कोकाहा कौशिकीमा स्नान गरे विगतमा गरेका गल्तीबाट मुक्ति र धन्य भइने मान्यता रहेको छ ।”

आजैबाट उत्तरायण सुरु हुने विशेष दिन भएकाले आज धर्तीको पहिलो तीर्थ वराहक्षेत्र मन्दिरको दर्शन र सप्तकोशीमा स्नान, जप, ध्यान, दान गर्नाले पुण्य प्राप्ति हुने विश्वासका साथ श्रद्धालु वराहक्षेत्र आउने गरेको मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर श्रेष्ठले बताउनुभयो । मकरसङ्व्रmान्ति (माघ) १ गते लाग्ने मेलामा नेपाल र भारतबाट आएका तीर्थालुले मकरस्नान गरेर वराह भगवान्को दर्शन गरेको जनाइएको छ ।

मकर मेलामा कोकाहा कौशिकीको सङ्गमस्थलमा गएर स्नान गर्ने परम्परा रहेको हो । वराहक्षेत्र नगरपालिका–१ मा रहेको वराह भगवान्को मन्दिरमा विशेष पूजाअर्चना गरी बिहानैदेखि मकरस्नान सुरु भएको स्थानीय नवराज विष्टले बताउनुभयो । धार्मिक पर्यटकीय स्थलका रूपमा रहेको मन्दिरमा नेपाल, भारत, भुटान, बङ्गलादेशलगायतका धार्मिक पर्यटक दर्शनका लागि आउने गरेका छन् ।

मकरस्नानसँगै मेलामा स्थानीय क्षेत्रमा उत्पादित तरुल, बदाम, सुन्तला जस्ता फलफूलको समेत व्यापार बढेको बताइएको छ । माघेसङ्व्रmान्तिका दिन लाग्ने माघे मेलामा वराहक्षेत्रसँग जोडिएको धनकुटाको सुन्तला, सूर्यकण्डका हर्दी, अदुवा जस्ता वस्तु आगन्तुकको रोजाइमा पर्ने वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिका उपाध्यक्ष राजु घिमिरेले बताउनुभयो ।

पौराणिक कथा अनुसार वराह भगवान् तथा वराहक्षेत्रधामलाई संसारको पहिलो धामका रूपमा व्याख्या गर्ने गरिएको छ । मकर मेलामा हजारौँ भक्तजन भारतको विहारबाट आउने गरेका छन् । उनीहरूले वराह भगवान्लाई कुलदेवता मानेर पूजा गर्ने हुँदा विहारबाट ठुलो सङ्ख्यामा भक्तजन वराहक्षेत्र मन्दिरको दर्शनका लागि आउने गरेका हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल