alliance khabar

बुधबार, पुष ३०, २०८२

स्याङ्जा, पुस ३० गते ।

भीरकोट –७ मा स्थापना भएको खुमा अर्याल फाउण्डेसनले स्याङजाका ६९० विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।

शिक्षा, स्वस्थ्य, खेलकुद र राजगारीमा सहयोग गर्ने उद्देश्यले स्थापना भएको फाउण्डेसनले यहाँका छ पालिकाका १७ विद्यालयका विद्यार्थीलाई फाउण्डेसनले न्यानो कपडा ट्रयाक सुट वितरण गरेको हो ।

फाउण्डेसनले पुतलीबजारको कोल्मा बराहचौर माविमा ११०, फेदीखोला गाउँपालिकाका नौ विद्यालयमा १०२, भीरकोट –७ को महेन्द्र ज्याती माविमा ९३ र दबुढाटी माविमा १०३ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो ।

यस्तै, कालीगण्डकी –१ के अमरदीप आधारभूत विद्यालयमा ६२ र पियूघा माविमा ५८ जना, अर्जुन चौपारी–२ को रानीचरी आविमा ६२ जनालाई बाढेको हो ।

यस्तै, गल्याङ नगरपालिकामा जगत्रदेवी आविमा ७० र हिमाञ्चल आविमा ३० जनालाई न्यानो कपडा बाढेको फाउण्डेसनका अध्यक्ष लेखनाथ शर्माले बताउनुभयो ।

फाउण्डेसनले विपन्न, दलित तथा अल्पसिमाङकृत विद्यार्थीलाई न्यानो कपडा प्रदान गरेको शर्माले बताउनुभयो ।

फाउण्डेनले दोस्रो चरणमा माघ २० गतेसम्म अन्य माग गरेका विद्यालयमा न्यानो कपडा वितरण गर्ने शर्माले बताउनुभयो ।

फाउण्डेसनले यसअघि क्रिकेटमा अण्डर १९ का तीन जना जिल्लाका खेलाडीलाई एक एक लाख प्रदान गरेको थियो भने पञ्चकन्या माविमा दुई थान कम्प्युटर प्रदान गरेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल