alliance khabar

बुधबार, पुष ३०, २०८२

दाङ, पुस ३० गते ।

ढुमरु ढुमरु बास बसुलिया
ढुमरु ढुमरु बास बसुलिया
सजला पिरठी मोर माडल केहो
हमरिन मेररिक रक्षिया करैहो
टो मै समिरौ पान्चे डेउ पान्चो ठाकुर डेउ
टो मै समिरौ पन्चो डेउ पन्चो ठाकुर डेउ
हमरिन मेरमेरिक रिक्षया करैहो
यो गीत थारू समुदायको महान पर्व माघसँग अभिन्न रूपमा जोडिएको मौलिक लोकगीत ढुमरु गीत हो । तर पछिल्ला वर्षहरूमा लोपोन्मुख अवस्थामा पुगेको छ । परम्परागत रूपमा माघ पर्वको अघिल्लो दिन अर्थात् पुस महिनाको अन्तिम रात, गाउँको मटाँवा र बरघरको आँगनमा आगो ताप्दै गाउँका गरढुर्या (घरमुली) हरूले रातभरी जाग्राम बसेर ढुमरु गीत गाउने चलन थियो । तर पछिल्लो समय यो गीत हराउँदै गएको छ । केहि वर्ष थारू बस्तीहरूमा ढुमरु गीतको भाका सुनिने भए पनि अहिले या गीत सुनिन छाडेको छ ।

ढुमरु गीत मनोरञ्जनका लागि मात्र नभई थारू समुदायको मौलिक संस्कृति, संस्कार र जीवनशैली बोकेको अमूल्य सांस्कृतिक धरोहर हो । महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक तथा बुद्धिजीवी केबी चौधरीले मान्दलको तालमा गाइने ढुमरु गीतमा रामायण गाथा, पारिवारिक सुख–दुःख, प्रकृति, प्रेम, लोककला र थारु समुदायको दर्शन समेटिएको बताउनुहुन्छ ।

“हाम्रो समुदायमा विभिन्न किसिमका लोकभाका र चाडपर्वमा गाइने गीत छन्,’’ उहाँले भन्नुभयो, ‘‘तीमध्ये माघ पर्वको अघिल्लो दिन रातभरि गाइने ढुमरु गीत पनि एक हो, यो गीतले सिङ्गो थारु समुदायको जीवनशैली, संस्कार र संस्कृति झल्काउँछ ।” तर पछिल्लो समय युवा पुस्तामा चासो घट्नु र गीतको व्यवस्थित दस्तावेजीकरण तथा रेकर्डिङ नहुनु यसको लोपको मुख्य कारण बनेको उहाँको भनाइ छ ।

यद्यपि पछिल्लो समय ढुमरु गीतको संरक्षण र प्रवर्धनका लागि केही सकारात्मक पहलहरू पनि सुरु भएका छन् । थारू अगुवाहरूले माघ पर्वको अवसरमा ढुमरु गीत वाचन तथा प्रस्तुति कार्यक्रम आयोजना गर्दै आएका छन् । थारू कल्याणकारिणी सभाका केन्द्रीय कोषाध्यक्ष चूर्णबहादुर चौधरीका अनुसार ढुमरु गीत थारू समुदायको कला, संस्कृति र संस्कारसँग मात्र नभई गाउँको मटाँवा र बरघर संस्थासँग समेत जोडिएको छ । गाउँलेहरूले मटाँवा र बरघरलाई सम्मान गर्ने भएकाले बितेका मटाँवाहरूको सम्झनामा पनि ढुमरु गीत गाइने परम्परा रहेको उहाँले बताउनुभयो । साथै, श्रीमानश्रीमतीबीचको माया–प्रेम र पारिवारिक सम्बन्धसँग पनि ढुमरु गीतको गहिरो सम्बन्ध रहेको उहाँको भनाइ छ ।

त्यस्तै, थारू बुद्धिजीवी आशाराम चौधरीले ढुमरु गीत थारू समुदायको संस्कृति र पहिचानको प्रतीक भएको बताउनुभयो । हाल यो गीत लोपोन्मुख अवस्थामा पुगेको उल्लेख गर्दै उहाँले युवा पुस्तामा यसको रुचि नबढे हराउने खतरा रहेको औँल्याउनुभयो । “बुढापाकाले जोगाइरहे पनि युवा पुस्तामा यो गीत पुस्तान्तरण हुन सकेको छैन,” उहाँले भन्नुभयो ।

यदि समयमै संरक्षण, प्रवर्धन र अभिलेखीकरणका ठोस प्रयासहरू नगर्ने हो भने आगामी ८–१० वर्षभित्र ढुमरु गीत पूर्ण रूपमा लोप हुने सम्भावना रहेको सरोकारवालाहरूको बताउछन् । त्यसैले ढुमरु गीत जोगाउन समुदाय, युवा पुस्ता र सम्बन्धित निकायहरूको सक्रिय भूमिका अपरिहार्य बनेको छ । ढुमरु गीतको केही हरफ यस्तो छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल