alliance khabar

बुधबार, पुष ३०, २०८२

सुलीकोट, पुस ३० गते  ।

गोरखाको गोरखा दरबारस्थित गुरु गोरखानाथ मन्दिरदेखि भारतको गोरखपुरसम्मको खिचडी यात्रा मङ्गलबारबाट सुरु भएको छ । धार्मिक तथा सांस्कृतिक महìव बोकेको गोरखाको गोरखनाथदेखि ५० जनाको टोलीले भारतको गोरखपुरमा रहेको गोरखनाथ मन्दिरसम्मको यात्रा सुरु गरेका हुन् ।

राष्ट्रिय गौ संरक्षण सङ्घ र गुरु गोरक्षनाथ फाउन्डेसनको आयोजनामा तथा गोरखा नगरपालिका र गोरखा दरबार हेरचाह अड्डाको समन्वयमा खिचडी यात्रा प्रारम्भ गरिएको हो । खिचडी यात्रामा बाजागाजा, मङ्गलधुन, स्वस्तिक वाचनसहित गोरखपुरसम्मको यात्रा सुरु गरिएको राष्ट्रिय गौ संरक्षण सङ्घ गोरखाका संयोजक होमसिंह बस्नेतले जानकारी दिनुभयो ।

गौ संरक्षण सङ्घ गोरखाका संयोजक बस्नेतले भन्नुभयो, “राष्ट्रिय एकताका प्रतीक राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणपछि खिचडी यात्राको सुरुवात गर्नुभएको थियो । देशमा राजाको बहिर्गमनपछि खिचडी यात्रा पनि रोकिएकाले २० वर्षपछि पुनः यात्रा सुरु गरिएको छ ।” अहिले फेरि सुरु गरिएको खिचडी यात्राले हराएको संस्कृतिलाई जोगाउन र गोरखाको पर्यटन प्रवर्धनमा नयाँ आयम थप्ने विश्वास लिएको उहाँको भनाइ छ । खिचडी गौ यात्रा भनेर चिनिने यो यात्रालाई यो वर्ष गोरखा नगरपालिकाले सहयोग गरेको छ । गोरखा नगरपालिकाले आफ्नो नीति तथा कार्यव्रmममा खिचडी यात्रालाई समावेश गरी निरन्तरता दिँदै आएको गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानाले बताउनुभयो

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल