alliance khabar

शनिबार, जेठ १०, २०८२

मकवानपुर, जेठ १० गते ।

 गएरातिबाट अवरुद्ध बनेको कान्ति लोकपथ शनिबार बिहानबाट सञ्चालनमा आएको छ । मकवानपुर भीमफेदी गाउँपालिका वडा नं. ८ बगुवास्थित कान्तिलोकपथ सडक खण्डमा मकवानपुर र ललितपुर जोड्ने बागमती पुलको साइडमा भरिएको ग्राभेल र माटो बगाएपछि कान्ति लोकपथ शुक्रबार रातिबाट अवरुद्ध बनेको थियो । खोलामा पानीको बहाव कम हुँदै गएको र मर्मत गरेर १२ घण्टापछि कान्ति लोकपथ पूर्णरूपमा सञ्चालनमा आएको हो ।

वर्षाका कारण खोलामा पानीको बहाव बढ्न गई  ग्राभेल र माटो बगाई सडक पूर्णरूपमा अवरुद्ध भएकोमा मर्मतपछि शनिबार बिहानबाट पूर्णरूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल