alliance khabar

शुक्रबार, कार्तिक १३, २०८३

काठमाडौं, कार्तिक १२ गते ।

काठमाडौं उपत्यकामा प्रस्तावित मेट्रो रेलमार्गको सम्भाव्यता अध्ययन, रुट निर्धारण तथा लगानीको तयारीसम्बन्धी छलफल भइरहेका बेला कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्कीले कागेश्वरी मनोहराहुँदै साँखुसम्म मेट्रो रेलमार्ग विस्तार गर्न माग गर्नुभएको छ।

उपत्यकाको सार्वजनिक यातायातलाई व्यवस्थित, सहज र प्रभावकारी बनाउने उद्देश्यले प्रस्तावित रेलमार्गका सम्भावित रुट तथा योजनाबारे सरकारी निकाय र जापानको सहयोगी संस्था JICA को प्राविधिक टोलीले विभिन्न नगरपालिकाका जनप्रतिनिधिसँग छलफल गरिरहेको छ।

 कागेश्वरी मनोहरा नगरपालिकामा आयोजित छलफल कार्यक्रममा सहभागी हुँदै नगरप्रमुख कार्कीले उत्तरपूर्वी काठमाडौंलाई समेत समेट्ने गरी मेट्रो रेलमार्गको रुट निर्धारण गर्नुपर्ने माग राख्नुभएको हो।

नगरप्रमुख कार्कीले कागेश्वरी मनोहरा हुँदै साँखुसम्म रेलमार्ग जोड्न सके उत्तरपूर्वी काठमाडौंका बासिन्दालाई राजधानीका प्रमुख व्यापारिक, शैक्षिक तथा प्रशासनिक केन्द्रसम्म आवतजावत गर्न सहज हुने अपेक्षा व्यक्त गर्नुभयाे।

काठमाडौं उपत्यकाको दीर्घकालीन यातायात व्यवस्थापनका लागि तयार गरिएको काठमाडौं उपत्यका सहरी यातायात प्रणाली गुरुयोजना मा उच्च क्षमताको सार्वजनिक यातायात, मेट्रो रेल तथा अन्य वैकल्पिक यातायात प्रणालीका सम्भावनाबारे अध्ययन अघि बढाइएको छ। गुरुयोजनामा रत्नपार्क–भक्तपुर रेलमार्गलाई प्राथमिकताका साथ अध्ययन गर्ने प्रस्तावसमेत समेटिएको छ।

प्रस्तावित रुटको नक्सामा कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर ९ क्षेत्रसमेत देखाइएको छ।

नगर प्रमुख कार्कीको माग कार्यान्वयन भएमा उपत्यकाको उत्तरपूर्वी क्षेत्रमा पर्ने कागेश्वरी मनोहरा र साँखु क्षेत्रका बासिन्दालाई समेत आधुनिक सार्वजनिक यातायातको पहुँच विस्तार गर्ने सम्भावना रहनेछ।

काठमाडौं उपत्यका सहरी यातायात गुरुयोजना (Kathmandu Valley Urban Transport System Master Plan) अन्तर्गत प्रस्ताव गरिएको भक्तपुर–रत्नपार्क MRT रेलमार्ग १४.६ किलोमिटर लामो हुने प्रारम्भिक विवरणमा उल्लेख छ। यसमा ११ वटा स्टेशन प्रस्ताव गरिएका छन्।

प्रस्तावित रेलमार्ग भक्तपुरको जगाती क्षेत्रबाट सुरु भएर सूर्यविनायक, सल्लाघारी, मध्यपुर थिमि, गठ्ठाघर, जडीबुटी, तिनकुने, नयाँ बानेश्वर र बबरमहल हुँदै रत्नपार्कसम्म पुग्ने अवधारणा छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ