alliance khabar

शुक्रबार, कार्तिक १३, २०८३

रेसुङ्गा (गुल्मी), कात्तिक १३ गते ।

तराईलाई हिमालसँग जोड्ने सालझन्डी–ढोरपाटन सडक धमाधम कालोपत्रे भइरहेको छ । यो सडक रुपन्देहीको सालझन्डीदेखि बागलुङ ढोरपाटनसम्म १९७.२ किलोमिटर रहेको छ । अहिले अर्घाखाँचीमा ७.१ र गुल्मीमा १९.१ गरेर २६.२ किलोमिटर सडक कालोपत्रेको काम अगाडि बढेको छ ।

कुल एक अर्ब १३ करोड रुपियाँको लागतमा बिरुवा–पुष्प जेभी अर्घाखाँचीले २०८० असार ८ गते ठेक्का सम्झौता गरेको थियो । यो ठेक्काको अर्घाखाँचीमा चार किलोमिटर कालोपत्रे भएको सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडक योजना कार्यालय अर्घाखाँचीले जनाएको छ । दसैँपछि गुल्मीको पुर्कोटदहदेखि कल्लेभिर खण्डको सडक कालोपत्रे भइरहेको छ । यो ठेक्काको अहिलेसम्म ७५ प्रतिशत भौतिक र ७३.९५ प्रतिशत आर्थिक प्रगति भएको छ ।

यो ठेक्का म्याद थपसहित २०८४ असार ८ गतेभित्र सक्नुपर्ने सम्झौतामा उल्लेख छ । सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडक योजना कार्यालय अर्घाखाँचीका सूचना अधिकारी इन्जिनियर परीक्षा पौडेलका अनुसार अहिलेसम्म सालझन्डी–ढोरपाटन सडक योजनाको कुल ४६ किलोमिटर कालोपत्रे भएको छ । गत आर्थिक वर्षमा मात्र २४ किलोमिटर कालोपत्रे भएको थियो । उहाँले तत्काल माटे–भण्डार र पुर्कोट–अर्खबाङसहित पाँच वटा बहुवर्षीय ठेक्कामार्फत ४५.६ किलोमिटर कालोपत्रे कार्य अगाडि बढेको र थप अर्घाखाँचीमा ५.२ र बागलुङमा तीन किलोमिटर कालोपत्रेको ठेक्का व्यवस्थापन भएको जानकारी दिनुभयो ।

यस योजना अन्तर्गत ८६.८४ किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का व्यवस्थापन गर्न बाँकी रहेको छ । इन्जिनियर पौडेलले सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडक रुपन्देहीमा पाँच, पाल्पामा १७.७, अर्घाखाँचीमा ७३, गुल्मीमा ४० र बागलुङमा ६१.५ किलोमिटर पर्ने बताउनुभयो ।  भौतिक पूर्वाधारमन्त्री सुनील लम्सालले आफ्नो फेसबुक पेजमार्फत सालझन्डी–ढोरपाटन सडकका सबै खण्डको काम रफ्तारमा हुने बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ