alliance khabar

शनिबार, भाद्र ०९, २०८०

 

काठमाडौँ। हिन्दु नारीहरुको महान चाड पर्व हरितालिका तीजको अवसरमा गायिका कल्पना देवकोटा पौडेलको स्वरमा रहेको मौलिक तीज गीत ’हाई भन्यो मायाले’ गीतको भिडियो सार्वजनिक भएको छ । तीजको गीत भन्ने बितिकै आजकल प्राय नाच्ने भन्ने नै बुझिन्छ तर तीज भन्ने बितिकै नाच्ने मात्र नभएर एउटा चेलीले बेदना पोख्ने माध्यम पनि हुन्छ भन्ने बुझाउने प्रयास स्वरुप तीज गीत ’हाई भन्यो मायाले’मा परदेशमा रहेका नेपाली चेलीहरुको अवस्थालाई चित्रण गरिएको छ ।

गीतमा लक्ष्मण पौडेलको शब्द तथा संगीत रहेको छ । परदेशमा बसेर तिज आउँदा भोग्नुपर्ने पिडालाई गीतमाा देखाइएको छ । माइतिको सम्झना आमाले पकाएको दर को याद आफ्नो जीवन साथी भने जस्तै पाएपनी माइती घरमा नभएका कारण दुख पाएको कुरालाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ । बावुल गिरीले संगीत संयोजन गरेको गीतमा तीजको बेला नारीहरुले व्यक्त गर्ने भावना प्रस्तुत छ। गीतको मिक्सिङ्ग मास्टरिङ्ग श्याम स्वेत रसाईलीले गरेका छन् । पशुपती बस्यालको छायाँकन , पदम सुवेदीको सम्पादन तथा शिव विक को निर्देशनमा भिडियो तयार पारिएको छ । गीतमा नेपालका ख्यातिप्राप्त कलाकारहरु प्रियङका कार्की , शिवहरी पौडेल , खेम शर्मा र रुवी पौडेलको अभिनय रहेको छ ।

’हाई भन्यो मायाले’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल