alliance khabar

शनिबार, भाद्र ०९, २०८०

काठमाडौँ, ९ भदौ : बागमती नदी सभ्यताको पहिचान, संरक्षण र सम्वद्र्धनका साथै जल पर्यटनको सम्भावना उजागर गर्ने उद्देश्यले आज बागमती नदीमा र्‍याफ्टिङ गरिएको छ ।

नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सीज (नारा)ले नेपाल नदी संरक्षण संस्था तथा फ्रेन्स क्लब कुपन्डोललगायत संस्थाको सहकार्यमा बागमतीमा र्‍याफ्टिङ गरेर २३औँ संस्करणको ‘बागमती नदी महाजलयात्रा महोत्सव’ मनाइएको हो ।

महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव भरतमणि सुवेदी र ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गर्नुभएको थियो । नाराका अध्यक्ष शिव अधिकारीका अनुसार बिहान कुपण्डोलस्थित बागमती पुलबाट कीर्तिपुरको सुन्दरीघाटसम्म छ किलोमिटर दूरीमा जलयात्रा गरिएको छ । पन्ध्र बोटमा एक सय ५० जनाले र्‍याफ्टिङ गरेका थिए । पञ्चेबाजा, नेवारी बाजा र ‘म्युजिक ब्यान्ड’ सहित जलयात्रा महोत्सव गरिएको थियो ।

कार्यक्रममा सांसद ज्ञानबहादुर शाही, पूर्वमुख्यसचिव लीलामणि पौडेल, पूर्वसचिव दीपेन्द्र पुरुष ढकाललगायत पूर्वसरकारी अधिकारी, पर्यटन व्यवसायी एवं स्थानीयको उल्लेख्य सहभागिता थियो ।

नाराका अध्यक्ष अधिकारीले बागमती नदी तथा यसका सहायक नदीको बिग्रँदो अवस्थालाई सुधार गर्दै बागमती नदीलाई माछा बाँच्न योग्य, पौडी खेल्न र पानी खान योग्य, तथा मृतकका लागि शुद्ध जल तर्पणयोग्य बनाउने जलजात्रा कार्यक्रमको मुख्य उद्देश्य रहेको बताउनुभयो ।

उहाँले नदीको समुचित संरक्षण गरी यी क्षेत्रमा भएका सम्पूर्ण मठमन्दिर, देवस्थल, चिहान, धर्मशाला आदि सबैको जीर्णोद्धार र पुनःनिर्माण गरी काठमाडौँ उपत्यकाको सभ्यता र संस्कृतिको पहिचान गराउन महोत्सवले भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल