alliance khabar

आइतबार, साउन २८, २०८०

काभ्रे, २८ साउन

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–८ स्थित अरनिको राजमार्गसँग जोडिएको कच्ची सडक भासिँदा पुरिएका एक ३० वर्षीया महिलाको आज उद्धार गरिएको छ । राजमार्गबाट उक्त सडकतर्फ हिँडिरहेका बेला अविरल वर्षाका कारण सडक भासिएपछि स्थानीय कान्छामाया तामाङ पुरिनुभएको थियो ।

जिल्ला प्रहरी कार्यालय धुलिखेलको प्रहरी टोलीले तामाङको उद्धार गरी उपचारार्थ धुलिखेल अस्पताल पुर्‍याएको हो । मुख र शरीरका अन्य केही भागमा चोट लागेको तामाङको उपचार भइरहेको परिवारले जनाएको छ । गाडीबाट घरतर्फ जाँदैगर्दा तामाङ पुरिएको बताइएको छ । अविरल वर्षाका कारण स्तरोन्नति भइरहेको राजमार्गको धुलिखेल–खावा चार किलोमिटर सडकखण्डमा दर्जन स्थानमा पहिरो खसेका कारण यातायातका साधन आवतजावतमा कठिनाइ भएको छ ।

यसमध्ये पकुचादेखि धुलिखेलसम्मको क्षेत्रमा सबैभन्दा बढी जोखिम देखिएकाले मेशिनद्वारा पहिरो पन्छाएर आवातजावत सहज बनाइरहेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताउनुभयो । निर्माणाधीन सडकमा ढलको निकाश नहुँदा सडकबाटै पानी बगिरहेको छ भने सडक माथिबाट पहिरोसँगै लेदो खसिरहँदा निकै कठिनाइ भएको छ

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल