alliance khabar

शनिबार, साउन २०, २०८०

काठमाडौँ, २० साउन

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले निजामती सेवा विधेयक आगामी साता मन्त्रिपरिषद्मा पेस हुने बताउनुभएको छ ।

अर्थ सरोकार अनलाइनको सातौँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उहाँले आफू पदमा आएको पहिलो दिनदेखि उक्त विधेयक निर्माणमा लागेको जनाउँदै अर्थ मन्त्रालय र कानून मन्त्रालय हुँदै विधेयक आगामी साता क्याबिनेटमा जाने जानकारी दिनुभयो ।

उहाँले ढुङ्गा–गिट्टी तथा फोहरमैला व्यवस्थापनसम्बन्धी बेग्ला–बेग्लै विधेयक पनि ल्याउने तयारी भएको बताउनुभयो । मन्त्री मोदीले निजामती कर्मचारी स्थायी सरकार भएकाले जहाँ आवश्यक पर्छ त्यहाँ जान तयार हुनुपर्ने पनि बताउनुभयो ।

कार्यक्रममा धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले पछिल्लो समयमा नीतिगत सुधारका कारण पूँजी बजारमा सुधार आएको बताउनुभयो ।

आर्थिक मिडिया सञ्चालक सङ्घ (इमान)का अध्यक्ष रोयल आचार्यले मुलुकको आर्थिक समृद्धिका लागि सञ्चार क्षेत्रको पनि सकारात्मक भूमिका हुने बताउनुभयो । –––

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल