alliance khabar

बिहिबार, कार्तिक १९, २०८३

काठमाडौँ, कात्तिक १९ गते । 

कागेश्वरी मनोहराको दमकल सेवा एक साताका लागि बन्द हुने भएको छ । नगरपालिकाले सञ्चालन गर्दै आएको दमकल सेवा यही कात्तिक २० देखि २७ गतेसम्म बन्द हुने भएको हो।

दमकलमा प्राविधिक समस्या देखिएकाले मर्मत तथा नियमित सर्भिसिङ गर्नुपर्ने भएपछि सेवा अस्थायी रूपमा बन्द गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. श्रवणकुमार साहले आज जारी  गर्नुभएकाे सूचनामा मर्मत कार्यका कारण उक्त अवधिमा दमकल सेवा उपलब्ध गराउन नसकिने जनाइएकाे छ।

नगरपालिकाले सेवा प्रभावित हुने भएकाले सर्वसाधारण तथा सम्बन्धित सबैलाई जानकारी गराएको छ।  साथै तिहारमा झिलिमिली बत्ती बाल्ने क्रममा आगलागीका घटना हुन सक्नेप्रति  पनि सजकता अपनाउन सबैमा आग्रह गरिएको छ । कागेश्वरी मनोहराको दमकलले काठमाडौं उपत्यकामा भएका आगलागी नियन्त्रणमा धेरै नै सहयोग पुर्याउँदै आएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ