alliance khabar

शुक्रबार, फाल्गुण ०१, २०८२

तानसेन, फागुन १ गते ।

 नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अहिलेको मुख्य प्रश्न चुनाव कसले जित्ने भन्नेभन्दा पनि देशलाई कसले गाँस्न सक्छ भन्ने महत्त्वपूर्ण रहेको बताउनुभएको छ । पाल्पाको तानसेनमा आयोजित पार्टीको अभिमुखीकरण कार्यक्रममा बोल्दै उपसभापति शर्माले चुनावको भन्दा पनि देशको भविष्यप्रति चिन्ता गर्नुपर्ने बताउनुभएको हो ।

जिल्लाका उम्मेदवारसमेत सहभागी भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “वि.सं. २०८४ मा हुनुपर्ने चुनाव किन २०८२ मै हुँदै छ । किन ७४ आमाको काख रित्तियो ? किन सिंहदरबार जल्यो ? यसको जड कारण पहिचान गरेर देशलाई कसले सही ढङ्गले समन्वय गर्न सक्छ भन्ने नै मुख्य कुरा हो । भविष्यमा ‘जेनजी’ पछिको पुस्ता ‘अल्फा’ ले विद्रोह गर्ने अवस्था आउन नदिन नयाँ दृष्टि, नयाँ योजना र नयाँ नेतृत्व कोसँग छ ? मूल प्रश्न यो हो ।”

उहाँले चुनावी जितहारपछि पनि मिलेर देश निर्माणमा लाग्नुपर्नेमा जोड दिँदै जनतामा नयाँ आशा र विश्वास जगाउनुपर्ने बताउनुभयो । देश कसले हाँक्ने भन्ने दाबी गरिरहँदा ‘देश गाँस्ने’ मूल मन्त्रलाई बिर्सन नहुने उहाँको भनाइ थियो ।

चुनावी मैदानमा रहेका कुनै पनि दल वा प्रतिस्पर्धी उम्मेदवारलाई कांग्रेसले दुस्मन नमान्ने प्रस्ट पार्दै उपसभापति शर्माले सबैसँग हार्दिक प्रतिस्पर्धा गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले भन्नुभयो, “आलोचना गर्दा स्वस्थ ढङ्गले गरिने छ तर कसैलाई पनि गाली गरिने छैन । देशभरका हाम्रा उम्मेदवार साथीहरूलाई पार्टीको यो नीतिअनुरूप प्रस्तुत हुन आग्रह गर्दछु ।”

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल