alliance khabar

मंगलबार, माघ २७, २०८२

तनहुँ, माघ २७ गते ।

 तनहुँमा आगामी माघ २९ गतेदेखि फागुन ५ गतेसम्म पाठेघरको मुखको क्यान्सर गराउने ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका अनुसार यस वर्ष जिल्लाका १० देखि १४ वर्ष उमेर समूहका दुई हजार ६२५ जना किशोरीलाई यो खोप लगाउने लक्ष्य राखिएको छ ।

नेपालमा महिलाको मृत्यु हुने प्रमुख कारणमध्ये पाठेघरको मुखको क्यान्सर पहिलो स्थानमा रहेकाले सरकारले यो निवारणका लागि खोप अभियानलाई प्राथमिकतामा राखिएको हो ।

जिल्लाभरका १० वटा स्थानीय तहमा सञ्चालन हुने यस अभियानका लागि २९८ वटा आधारभूत तथा माध्यमिक विद्यालय र १७१ वटा खोप केन्द्र तय गरिएको छ । खोप अधिकृत प्रमुख शंकरबाबु अधिकारीका अनुसार अभियान सफल पार्न १४९ स्वास्थ्यकर्मी र १५६ महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिँदै छ ।

तथ्याङ्क अनुसार व्यास नगरपालिकामा ७७६, शुक्लागण्डकीमा ४६३, भिमादमा २५८, आबुँखैरेनीमा २४५ र भानु नगरपालिकामा २४४ जना किशोरीलाई खोप दिइनेछ । त्यस्तै, बन्दीपुरमा १६६, म्याग्देमा १३६, देवघाटमा ११८, ऋषिङमा ११७ र घिरिङ गाउँपालिकामा १०२ जना किशोरी लक्षित समूहमा रहेका छन् ।

नेपालमा हरेक वर्ष २ हजार १६९ जना महिलामा पाठेघरको क्यान्सर देखिने र त्यसमध्ये १ हजार ३१३ जनाको मृत्यु हुने गरेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ । दैनिक औसत चार जना महिलाको यसै रोगका कारण ज्यान जाने गरेपछि सरकारले कक्षा ६ मा अध्ययनरत किशोरी र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका बालिकालाई खोप दिने नीति लिएको हो ।

गत वर्ष तनहुँमा १४ हजार १३५ जना किशोरीले यो खोप लगाएका थिए भने यस वर्ष उमेर पुगेका र अघिल्लो पटक छुट्न गएका कक्षा ७ देखि १० सम्मका किशोरीलाई समेत समेटिने कार्यालय प्रमुख अमर दवाडीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल