alliance khabar

बिहिबार, आश्विन ०४, २०८०

काठमाडौँ, ४ असोज : वैदेशिक रोजगार विभागले काठमाडौँको सिनामङ्गलमा रहेको ‘विस एचआर सोलुसन’ प्रालिको इजाजतपत्र (लाइसेन्स नं १४२५/०७४/०७५) खारेज गरेको छ । विभागले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४४ बमोजिम उक्त प्रालिको लाइसेन्स खारेज गरिएको र सोही दफाबमोजिम मुद्दासमेत दायर गरिएको जनाएको छ ।

उक्त मेनपावरका सञ्चालक तुलसीप्रसाद श्रेष्ठ, लालबहादुर पुलामी, अमृत श्रेष्ठ तथा कर्मचारी रमेश कोइराला भनिने फणिन्द्र कोइरालासमेतको मिलेमतोमा सरिता भुजेललगायत ४३ जनालाई वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रु तीन करोड ८२ लाख २८ हजार चार सय ९८ रकम लिई वैदेशिक रोजगारीमा नपठाएको र रकमसमेत फिर्ता नगरेको पाइएपछि लाइसेन्स खारेज गरिएको विभागका निर्देशक एवं सूचना अधिकारी कविराज उप्रेतीले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार निज मेनपावरको लाइसेन्स खारेज गर्दै वैदेशिक रोजगार न्यायाधीकरणमा मुद्दासमेत दायर गरिएको छ । उक्त रकम बिगो र सोको ५० प्रतिशतले हुन आउने हर्जानासमेत निज प्रतिवादीहरूबाट जाहेरीवाला पीडितलाई दिलाई भराई पाउन माग दाबी लिई विभागले वैदेशिक रोजगार न्यायाधीकरणसमक्ष अभियोगपत्र दायर गरिएको निर्देशक एवं सूचना अधिकारी उप्रेतीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल