alliance khabar

आइतबार, साउन २५, २०८२

मकवानपुर, साउन २५ गते ।

मकवानपुुरको मकवानपुरगढी गाउँपालिका–१ स्थित बुँदुनेखोलामा बेलिब्रिज निर्माणसँगै हेटौँडा उपमहानगरपालिका र बकैया गाउँपालिकाका बासिन्दालाई आवागमनमा सहज भएको छ । गाउँपालिकाको बजेटमा तीन वर्षअघिबाट बुँदुनेखोलामा बेलिब्रिज निर्माण सुरु गरिएकोमा यो वर्ष मात्रै बेलिब्रिज जडान कार्य सम्पन्न भएको हो ।

मकवानपुरगढी गाउँपालिका–१ का वडाध्यक्ष आइतसिङ लोले तीन वर्षअघि पुल निर्माण गर्न जग, पिल्लरलगायतका काम सम्पन्न भएकोमा अहिले बेलिब्रिज जडान कार्य सम्पन्न गरी सञ्चालन ल्याइएको जानकारी दिनुभयो । उहाँले ३५ लाख रुपियाँको लागतमा पुल निर्माण गर्न जग, पिल्लरलगायतका काम भएकोमा गत आर्थिक वर्ष २०८१/८२ मा मकवानपुरगढी गाउँपालिकाबाट विनियोजित २० लाख रुपियाँको लागतमा बेलिब्रिज ल्याउने, जडान, रङरोगनलगायतका कार्य पूरा भएको बताउनुभयो ।

यातायात पूर्वाधार निर्देशनालय, हेटौँडामार्फत बेलिब्रिज उपलब्ध भएकोमा बेलिब्रिजका लागि नपुग फलाम खरिदसँगै रङरोगन, जडान, पहुँचमार्ग निर्माणलगायतका कार्य गरी बेलिब्रिज सञ्चालनमा ल्याइएको उहाँले भन्नुभयो । बेलिब्रिज निर्माणपछि मकवानपुरगढी गाउँपालिका–१ का बासिन्दासँगै बकैया गाउँपालिका–४ र ११ का बासिन्दालाई आवतजावत तथा हेटौँडा उपमहानगरपालिका–१८ का बासिन्दालाई घाँसदाउरा गर्न सहज भएको छ । पुलको अभावमा विद्यार्थीलाई शैक्षिक संस्था पुग्न र स्थानीयलाई गाउँघरमा उत्पादित कृषिजन्य वस्तु बजार पु-याउन समस्या हुँदा बर्खाको समयमा ज्यान जोखिममा राखेर आवागमन गर्नुपर्ने बाध्यता रहेको थियो ।

जम्मा १४ मेट्रिक टन मात्र भारवहन क्षमता रहेको उक्त बेलिब्रिजबाट मकवानपुरगढीसँगै आसपासका पाँच हजारभन्दा बढी नागरिक लाभान्वित हुने भएका छन् । “बेलिब्रिज निर्माणपछि वर्षायाममा आवागमनका लागि सहज भएको छ,” वडाध्यक्ष लोले भन्नुभयो, “बेलिब्रिजको पहुँचमार्ग सुधार, बेलिब्रिज र सडकको सुरक्षाका लागि मेसिनरी वाल, तारजालीलगायतका कार्य गर्न गाउँपालिकाले चालु आव २०८२/८३ मा १५ लाख रुपियाँ विनियोजन गरेको छ ।”

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल