alliance khabar

आइतबार, बैशाख ०७, २०८२

काठमाडौँ, वैशाख ७ गते ।

 नेपाली लेखक सङ्घले ‘राष्ट्रिय लेखक पुरस्कार–२०८२’ वरिष्ठ आख्यानकार धुव्रचन्द्र गौतमलाई प्रदान गर्ने भएको छ ।

सङ्घको काठमाडौँमा आज बसेको पदाधिकारी बैठकले राष्ट्रिय लेखक दिवसको अवसर पारेर यही वैशाख १६ गते आयोजना गरिने कार्यक्रममा
रु एक लाख राशिको उक्त पुरस्कार गौतमलाई प्रदान गर्ने निर्णय गरेको हो । उक्त बैठकले सङ्घको केन्द्रीय कार्यसमितिको पूर्ण बैठक वैशाख १६ गते काठमाडौँमा बस्ने, देशभर वैशाख १६ गते राष्ट्रिय लेखक दिवस मनाउनेलगायत निर्णय गरेको सङ्घका अध्यक्ष वियोगी बुढाथोकीले जानकारी दिनुभयो ।

सङ्घको आठौँ अधिवेशनपश्चात रिक्त केन्द्रीय समिति सदस्यमा अनुपमा रेग्मी, बाबु त्रिपाठी, सुरेन्द्र अस्तफल, कुमार दाहाल, जीवन आचार्य, विष्णुबहादुर दौल्याल, मधुसुदन पोखरेल, मञ्जुश्री गिरी, तिलक राउत र नवीन चिरागलाई मनोनयन गर्ने निर्णय गरेको छ । बैठकले केन्द्रीय समितिका सम्पूर्ण पदाधिकारी तथा अनुपमा रेग्मी, बाबु त्रिपाठी, सुदर्शन आचार्य, महेन्द्र वाग्ले, इन्द्र लम्साल र सन्तोष बोहरा रहनेगरी केन्द्रीय सचिवालय गठन गर्ने निर्णय गरेको छ ।

सङ्घले देशका लब्ध–प्रतिष्ठित २५ वरिष्ठ लेखक साहित्यकारलाई मानार्थ सदस्यता प्रदान गर्ने निर्णय समेत गरेको छ । बैरागी काइँला, ध्रुवचन्द्र गौतम, नरहरि आचार्य, तोया गुरुङ, भुवन ढुङ्गाना, नगेन्द्रराज शर्मा, बलदेव शर्मा बजगैँया, डा बेन्जु शर्मा, डा तुलसी भट्टराई, केदारनाथ खनाल, भूपति ढकाल र  मञ्जु काँचुलीलाई मानार्थ सदस्यता प्रदान गरिएको छ ।

यसैगरी, कृष्ण गौतम, गोविन्दराज विनोदी, डा हेमाङ्गराज अधिकारी, डा गोविन्दराज भट्टराई, डा व्रतराज आचार्य, डा कुलप्रसाद कोइराला, डा गोपाल भण्डारी, डा रेवतीरमण लाल, वनमाली निराकार, कविराज न्यौपाने, हरि अधिकारी, ध्रुव सापकोटा र सनत रेग्मीलाई पनि मानार्थ सदस्यता प्रदान गरिएको  छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल