alliance khabar

आइतबार, बैशाख ०७, २०८२

सुर्खेत, वैशाख ७ गते ।

हुम्लाको दक्षिणी भेगमा पर्ने अदानचुली गाउँपालिकाको श्रीनगर बजारमा वर्षासहितको बाढीले ठुलो क्षति पुर्‍यायो । बिहीबार बिहानको वर्षाका कारण श्रीनगर बजार क्षेत्र र मुगुको सोरु गाउँपालिका–३, भिहीस्थित बैन्यामा ठुलो क्षति पुगेको हो ।

हुम्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलका अनुसार केही सरकारी कार्यालय र पसलमा समेत क्षति पुगेको छ । करिब १५ मिनेटसम्म परेको मुसलधारे वर्षाले पसलमा क्षति पुगेको छ । यसका साथै बजारक्षेत्रमा रहेका सरकारी कार्यालय, विद्यालय र घरटहरामा समेत क्षति पुगेको प्रहरीले जनाएको छ । अदानचुली–३, गोरपालीका धर्मराज बुढाको गोठ बाढीसहितको लेदोले पुर्दा २७ वटा बाख्रा मरेका छन् भने २९ वटालाई घाइते अवस्थामा उद्धार गरिएको छ । २० वटा बाख्रा बाढीपहिरोसँगै हराएको पोखरेलले बताउनुभयो ।

मुगुको बैन्यामा आएको बाढीका कारण कर्णाली नदी केही समय अवरुद्ध भएको थियो । बैन्यामा जमिन चिरा चिरा परेको छ भने सो रुटबाट भिही पुग्ने सडक अवरुद्ध बनेको छ । यता श्रीनगर आउजाउ गर्ने सबै सडक बन्द भएको प्रहरीले जनाएको छ । बेमौसमी बाढीले वितण्डा मच्चाएको छ । कुनै पनि मानवीय क्षति भने नभएको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार खाद्यसहितका सरकारी कार्यालय र पसलमा क्षति पुगेको छ ।

कमजोर भूबनोट अनि भौगोलिक विकटताका कारण कर्णाली विपत्को उच्च जोखिममा रहेको छ । वर्षामा बाढीपहिरोबाट ठुलो क्षति हुन्छ । हिउँदमा आगलागी र हावाहुरीबाट जनधनको नाश भइरहेको छ । जहिल्यै प्राकृतिक विपत्को चपेटामा पर्ने गरेको छ । यो वर्ष कर्णालीमा ६२० वटा विपत्का घटना भएका छन् । प्रदेशभर विपत्का घटनामा २६ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । १३९ जना घाइते भएका छन् । यसै गरी प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्याङ्क हेर्दा पछिल्ला चार आर्थिक वर्षमा विपत्का घटनाबाट ४१९ जनाले ज्यान गुमाएका छन् । यो अवधिमा चार हजार ५७९ विपत्का घटना भएका थिए ।

आर्थिक वर्ष २०७७/७८ मा ४१६ विपत्का घटना भएकोमा ८५ जनाको मृत्यु भएको थियो । आव २०७८/७९ मा एक हजार २१६ विपत्का घटना भए । उक्त वर्ष ६८ जनाले ज्यान गुमाएका थिए । यसै गरी आव २०७९/८० मा दुई हजार २१४ विपत्का घटना हुँदा ७२ जनाको मृत्यु भएको थियो । आव २०८०/८१ मा ७३३ विपत्का घटना भएकोमा १९४ जनाको मृत्यु भएको तथ्याङ्क छ । पछिल्लो समय विपत्का घटना कम भए पनि मानवीय क्षति बढी हुने गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल