alliance khabar

शुक्रबार, चैत्र २९, २०८१

अछाम, चैत २९ गते ।

जयगढ बजारमा आगजनीबाट पीडितलाई विभिन्न निकाय र व्यक्तिबाट सहयोग जुट्न थालेको छ । अग्निपीडितलाई प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल र व्यक्तिगत रूपमा समेत सहयोग जुट्न थालेको छ ।

जयगढ बजारमा भएको आगलागीपीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले ५० लाख रकम दिने भएको छ । यस्तै स्थानीय बान्नीगढी जयगढ गाउँपालिकाले तत्काल राहतका लागि छ लाख रुपियाँ दिने निर्णय भएको छ । राहतका लागि भन्दै नेकपा (एमाले) अछामले आगजनीपीडितका लागि एक लाख ११ हजार र नेपाली कांग्रेस अछामले एक लाख रकम सहयोग गर्ने घोषणा गरेका छन् ।

आगलागीपीडितका लागि पञ्चदेवल विनायक नगरपालिकाले एक लाख रुपियाँ सहयोग गर्ने भएको छ । यस्तै मङ्गलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहोराले एक महिनाको सेवासुविधा प्रदान गर्ने घोषणा गर्नुभएको छ । स्थानीय पत्रकार धनराज साउदले अरू पसल बचाउनका लागि आफ्नो घर भत्काउन सहयोग गर्नेलाई १० हजार सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

मङ्गलबार राति करिब  ७:३० बजेतिर आगलागी भएर २३ घरमा रहेका ३५ वटा पसल जलेर नष्ट भएको बान्नीगढी जयगढ गाउँपलिकाले जानकारी दिएको छ । जयगढ बजारमा भएको आगलागीमा सात करोडभन्दा बढीको क्षति भएको अनुमान गरिए पनि विस्तृत रूपमा विवरण सङ्कलन भइरहेको भण्डारीको भनाइ छ ।

बान्नीगढी जयगढ गाउँपालिकाले पीडितको तत्कालका लागि व्यवस्थापन भइसकेको दीर्घकालिन व्यवस्थापनका लागि सरकारी र अन्य क्षेत्रसँग समन्वय भइरहेको विज्ञप्ति प्रकाशित गरेको छ । गाउँपालिकाका अध्यक्ष टेकबहादुर साउदको हस्ताक्षरित विज्ञप्तिमा आगलागी नियन्त्रणका लागि दमकल सहयोग गर्ने मङ्गलसेन नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी, स्थानीयलाई धन्यवाद दिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल