alliance khabar

मंगलबार, फाल्गुण १३, २०८१

गलेश्वर(म्याग्दी),फागुन १४ गते ।

पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको दुई छुट्टाछुट्टै स्थानमा मङ्गलवार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। बिहान ५ बजेर ५२ मिनटमा मालिका–३,डाँडा गाउँमा ३.४ म्याग्निच्यूडको भूकम्प र वडा नं ५ देवस्थानमा बिहान ६ बजेर १३ मिनेटमा ३.४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका रविन्द रिमालले जानकारी दिनुभयो ।

चार रेक्टरस्कल भन्दा तलको भूकम्पको धक्का महसुस भए पनि आत्तिनुपर्ने अवस्था नहुने तर सतर्कता आवश्यकता रहेको रिमालको भनाई छ । यो पराकम्प नभई छुट्टै भूकम्प हो ।

बिहान सुतिरहेको अवस्थामा दुई पटक धक्का महसुस भएको धवलागिरि गाउँपालिका–७ ताकमका गोपाल आचार्यले बताउनुभयो । भूकम्पको धक्का महसुस मालिका गाउँपालिका र धवलागिरि गाउँपालिकाका विभिन्न बस्तीमा भएको छ। जमिन हल्लिएपछि सर्वसाधारण घरबाट बाहिर निस्किएका थिए ।

पश्चिम म्याग्दी र छिमेकी जिल्ला बागलुङमा दुई दशक यता ४ देखि ५ रेक्टर स्केलका भूकम्पको २० पटकभन्दा बढी धक्का महसुस भएको मापन केन्द्रको तथ्याङ्कले देखाएको छ । म्याग्दीको धौलागिरि हिमालको फेद हुँदै एउटा भूकम्पको फल्ट रहेकाले पश्चिम म्याग्दीमा साना धक्का महसुस भइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल