alliance khabar

बुधबार, पौष २४, २०८१

हेटौँडा, पुस २४ गते ।

निर्माणाधीन काठमाडौँ–तराई-मधेश द्रुतमार्गमा चिनियाँ कम्पनी पोलीछाङ्दाले काम गरेको रकम भुक्तानी नदिएको व्यवसायीले गुनासो गरेका छन् । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन द्रुतमार्गको ठेक्का लिएको चाइनिज कम्पनीले नेपाली निर्माण व्यवसायीलाई लामो समयदेखि भुक्तानी नदिएको यहाँका व्यवसायीको गुनासो छ ।

बकैया गाउँपालिका–११ र मकवानपुरगढी गाउँपालिका–१, लेनडाँडाको प्याकेज नं. २ को चालिसेडाँडामा माटो कटान गरेको एक्साभेटर तथा गाडी भाडा भुक्तानी नपाएको जय गौरीशङ्कर कन्स्ट्रक्सनका प्रोप्राइटर प्रेमबहादुर मुक्तानले गुनासो गर्नुभयो ।

उहाँका अनुसार चिनियाँ कम्पनीसँग नेपाली निर्माण कम्पनी जिएलबी कन्स्ट्रक्सनले ४२ लाख, बिएन्डबी कन्स्ट्रक्सनले १८ लाख, अभिनाश ढुवानी सेवाले १८ लाख, जय गौरीशङ्कर कन्स्ट्रक्सनले १३ लाख ८४ हजार, कालीदेवी कन्स्ट्रक्सनले  १० लाख सात हजार, आर्यतारा कन्स्ट्रक्सनले  आठ लाख ३० हजार र बिएन्डबी (ख) कन्स्ट्रक्सनले पाँच लाख रुपियाँ भुक्तानी पाउन बाँकी रहेको छ । लामो समयदेखि भुक्तानी नपाउँदा समस्यामा परेको आर्यतारा कन्स्ट्रक्सनका प्रोप्राइटर राजीव घलान र बिएन्डबी कन्स्ट्रक्सनका प्रोप्राइटर सोमबहादुर तिमल्सिनाले काम गरेको भुक्तानी नपाउँदा बैङ्कको किस्ता तिर्नसमेत समस्या भएको गुनासो गर्नुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल