alliance khabar

शुक्रबार, मंसिर २१, २०८१

हेटौँडा, मङ्सिर २१ गते : मकवानपुरको बकैया गाउँपालिका –५ झाँक्रीडाँडानजिक निर्माणाधीन काठमाडौँ–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) सडक खण्डमा टिप्पर दुर्घटना हुँदा चालकको च्यापिएर मृत्यु भएको छ ।

शुक्रवार बिहान ८ बजेर १५ मिनेटको समयमा टिप्पर दुर्घटना हुँदा चितवन घर भएका ४२ वर्षीय सानु लो तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

बकैयाको हात्तिसुँडेबाट फास्ट ट्रयाकको बाटोका लागि ग्राभेल लोड लिई जाँदैगरेको  ना ८ ख २४३० नम्बरको टिप्पर आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी ३० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल