alliance khabar

बुधबार, मंसिर १९, २०८१

बाँके, मङ्सिर १९ गते : पूर्वराजा ज्ञानेन्द्र शाह परिवारका सदस्यसहित केही दिनदेखि नेपालगन्जमा रहनुभएको छ । सोमबार राति नेपालगन्ज पुग्नुभएका पूर्व राजा ज्ञानेन्द्रसहित पूर्व राजपरिवारका सदस्यहरू करिब एक महिनासम्म यहाँ बस्नुहुने राप्रपा नेपालका सह–महामन्त्री ऋषिराज देवकोटाले जानकारी दिनुभयो ।

पूर्वराजा ज्ञानेन्द्र शाह, पत्नी कोमल शाह, छोरी प्रेरणा शाह र भतिजी सिताष्मा शाह, भाइ स्व. धीरेन्द्र शाहकी छोरीसहित पश्चिम नेपालको भ्रमणका लागि नेपालगन्ज आउनुभएको हो ।

नेपालगन्जमा मुकाम बनाएर करिब एक महिना पूर्वराजा शाहले धार्मिक भ्रमण गर्नुहुने भएको छ । मङ्सिर २५ गते बर्दिया जाने कार्यक्रम रहेको छ । यसै गरी नेपालगन्जमा पनि बागेश्वरी मन्दिरको दर्शन तथा अन्य धार्मिकस्थल जाने कार्यक्रम रहेको  राप्रपा नेपालका सह–महामन्त्री देवकोटाले जानकारी दिनुभयो ।

देवकोटाले भन्नुभयो, ‘यो भ्रमण राजपरिवारको नितान्त धार्मिक, पारिवारिक र व्यक्तिगत हो, यसबिचमा केही धार्मिक यात्रा र सामान्य भेटघाटका कार्यक्रम मात्र हुनेछन् । होटल सोल्टीमा पूर्वराजाले समर्थकहरूसँग भेटघाट गरिरहनुभएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल